Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान मेघा हिमालयन कलेजमा करोडौंको ल्याब

हाम्रो कोशी आवाज
साउन २१ २०७९, शनिबार
धरान मेघा हिमालयन कलेजमा करोडौंको ल्याब

धरानः धरान–१२ स्थित धरान मेघा हिमालयन कलेजमा एक करोड रुपैयाँ बढीको लगानीमा प्राक्टिकल ल्याब स्थापना भएको छ ।
कलेजका अध्यक्ष कैलाश लिम्बूका अनुसार होटल म्यानेजमेण्ट पढ्ने विद्यार्थीका लागि प्रदेश १ मै उत्कृष्ट प्राक्टिकल ल्याब स्थापना गरिएको छ । ‘हामीले करोड बढीको लगानीमा ल्याब स्थापना गरेका छौं’, उनले भने, ‘यो सम्भवतः प्रदेश १ मै उत्कृष्ट हो ।’
फ्रन्ट अफिस, फुड प्रोडक्सन, फुड सर्भिसेस, हाउस किपिङ अप्रेसन, होटल एकाउन्ट, हस्पिटालिटी आदिका लागि ल्याब निर्माण गरिएको एचएमका हेडअफ डिपार्टमेन्ट पोषण श्रेष्ठले जानकारी दिए ।
भौतिक पूर्वाधारका कारण पनि विद्यार्थी अभिभावकको मन जित्न सकिने हुनाले करोड बढीको लगानीमा यस्तो ल्याब स्थापना गरिएको बिबिएस, म्यानेजमेण्ट कोअर्डिनेटर चन्द्र वनेम लिम्बूले जानकारी दिए । ‘कलेजमा विद्यार्थीहरू भौतिक पूर्वाधारप्रति आकर्षित भएर समेत आउने गर्दछन्’, उनले थपे, ‘यसको लागि अभिभावकको समेत विश्वास रहन्छ ।’
यस्तै, कलेजमा अत्याधुनिक र पूर्वाञ्चलको नमूना विज्ञान प्रयोगशाला सञ्चालनमा ल्याएको उनले जानकारी दिए । ‘अन्य कलेज पनि घुम्यौं’, उनले भने, ‘ती कलेजको भन्दा फरक तरिका र पूर्वाञ्चलकै नमूना प्रयोगशाला बनाएका छौं ।’ उनले विज्ञान प्रयोगशालासँगै कम्प्युटर ल्याब पनि एसीसहितको सुविधा भएको सञ्चालनमा ल्याएको जानकारी दिए ।
प्रिन्सिपल भाष्कर पौडेलले धरान मेघा कलेजले आफ्नो अलग्गै पहिचान बनाउन सफल भएसँगै गुणस्तरीय शिक्षालाई जोड दिँदै प्रयोगात्मक विधिलाई पनि विश्वासयोग्य बनाइने बताए ।
दक्ष र अनुभवी शिक्षकहरुबाट अध्यापन हुने कलेजमा पछिल्लो समय विद्यार्थी र अभिभावकको समेत पहिलो रोजाई बनेको उनले दावी गरे । ‘पहिलो पटकको प्रवेश परीक्षामै ५ सय ५० बढी विद्यार्थी सहभागी थिए, अहिले पनि हामीले धमाधम भर्ना कार्यक्रम सञ्चालन गरिरहेका छौं’, उनले भने ।
उनले विषयवस्तुसँग सम्बन्धित विशेषज्ञहरुद्धारा पनि अध्यापन गराइने कलेजका अध्यक्ष लिम्बू बताउँछन् । उनले भने,‘हाम्रो कलेजमा मल्टिमिडिया पद्दतिबाट अध्यापन हुन्छ । अनुभवी प्राध्यापकहरु छन्, फरक शैली छ । विषयसँग विज्ञहरु आमन्त्रण गरेर कक्षा चलाउँछौं । यसले विद्यार्थीहरुको वृहत्तर विकासमा टेवा पुग्छ ।’
सहुलियत शुल्कमा अध्ययन अध्यापन हुने कलेजमा बस र होस्टलको पनि सुविधा छ । प्लस टु र जिल्ला प्रथम हुने विद्यार्थीहरुलाई शत प्रतिशत छात्रवृत्ति उपलब्ध गराइरहेको उनले बताए । ‘कलेजको सुविधाजनक आफ्नै भवन छ । खेलकुद, सांगीतिक, नृत्य, उदघोषक, साहित्य, साँस्कृतिक कलाहरुमा प्राथमकिता दिइन्छ,’उनले भने, ,‘सामाजिक गतिविधिहरुमा पनि सहभागिता गराउँछौं । यस्ता अतिरिक्त गतिविधिहरुबाट विद्यार्थीहरुको सर्वाङ्गीण व्यक्तित्वको विकास हुन्छ ।’ कलेजको आफ्नै ४ तले भवन छ । पर्याप्त खेलकुद मैदान छ भने हाल अत्याधुनिक बास्केटबल कोर्ट निर्माण भएको छ । त्यहाँ भलिबल र ब्याडमिन्टन पनि खेल्न सकिने कलेजको भनाई छ ।

प्रकाशित मिति: साउन २१ २०७९, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend