Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

काठमाडौं पुगेर मेयर साम्पाङको टिप्पणीः धरान नै सफा लाग्यो

हाम्रो कोशी आवाज
साउन २९ २०७९, आइतबार
काठमाडौं पुगेर मेयर साम्पाङको टिप्पणीः धरान नै सफा लाग्यो

धरानः धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले काठमाडौंको फोहोर व्यवस्थापनको समस्याप्रति टिप्पणी गरेका छन् । काठमाडौं पुगेका मेयर राईले सडकमा थुपारिएको फोहोर देखेपछि सामाजिक सञ्जालमार्फत् यसबारे टिप्पणी गरेका हुन् ।
उनले काठमाडौंका सडक किनारामा फोहोरको डंगुर देख्दा खाल्डाखुल्डी बाटो भएपनि धरान नै सफा लागेको बताएका छन् । प्रधानमन्त्री र मन्त्रीहरु बस्ने शहरको विजोग देखेर आफूलाई श्रमदान गर्न मन लागेको भन्दै उनले व्यङ्ग्यसमेत गरेका छन् ।
उनले भनेका छन्, ‘काठमाडौंको चिल्ला र फराकिला सडक किनारामा फोहोरको डंगुर देख्दा त खाल्डा खुल्डी बाटो भएपनि धरानै सफा लागो ! प्रधानमन्त्री र मन्त्रीहरु बस्ने शहरको यो विजोग देख्दा श्रमदान गर्न मन लाग्यो !’
ल्याण्डफिल साइटको समस्याले काठमाडौं महानगरपालिकाको फोहोर उठ्न सकेको छैन । जसका कारण काठमाडौंको सडक पेटिमा फोहोर थुप्रिएको छ । जसलाई लक्षित गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
उनी धरान उपमहानगरपालिकाको विकास निर्माण र खानेपानीको विषयलाई लिएर उपमेयरसहित काठमाडौं पुगेका छन् । उनी आर्थिक वर्षमा धरानको विकासका लागि संघीय सरकारले घटाइदिएपछि मेयरमा निर्वाचित भएपछि पहिलोपटक काठमाडौँ छिरेका हुन्। यस्तो छ मेयर हर्कको भनाई – ‘काठ्माण्डौँको चिल्ला र फराकिला सडक किनारामा फोहोरको डँगुर देख्दा त खाल्डा खुल्डी बाटो भए पनि धरानै सफा लागो ! प्रधानमन्त्री र मन्त्रीहरु बस्ने शहरको यो विजोग देख्दा श्रमदान गर्न मन लाग्यो !’

मेयर साम्पाङ यतिबेला आफ्नो क्षेत्रमा जनताका कामदेखि विकास निर्माणमा अहोरात्र खटिएका छन्। धरानमा भएको खानेपानी समस्या पनि उनले समाधान गरिरहेका छन् । उनको हरेक अभियानमा धराने अधिकांश जनता सहभागी भएका छन् ।
काठमाडौं महानगरको मेयरमा बालेन्द्र शाह बालेन छन् । उनी पनि हर्क जस्तै गएको स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट लौरो चिन्ह लिएर विजयी भएका थिए ।

प्रकाशित मिति: साउन २९ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend