Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा जुनियरतर्फ जसले जिते उपाधि

हाम्रो कोशी आवाज
साउन २९ २०७९, आइतबार
धरानमा जुनियरतर्फ जसले जिते उपाधि

धरानः धरानमा सम्पन्न जुनियर मिस्टर एण्ड मिस धरान सिजन–२ को उपाधि शिशिर विश्वकर्मा र अमिशा चौधरीले जितेका छन् ।
ड्रिम मोडलिङ एजेन्सीले आयोजना गरेको कार्यक्रम धरान–१३ स्थित धरान बैक्युटमा सम्पन्न भएको हो । उनीहरु दुवैजना ग्राण्ड फिनालेमा जुनियर मिस्टर एण्ड मिस धरान सिजन टुको बिजेता चुनिएका हुन् । त्यस्तै, जुनियर मिस्टर तर्फ फस्ट रनरअप आशिष नेपाली र सेकेण्ड रनरअप जेसन आचार्य घोषित भए । जुनियर मिस धरानतर्फ फस्ट रनरअप सृष्टि विश्वकर्मा र सेकेन्ड रनरअप नामसाङ राई घोषित भए ।
बिजेताले क्राउन सहित जनहि १५ हजार रुपैयाँ, प्राइम लाइफ इन्स्योरेन्सको ५ लाख बराबरको इन्स्योरेन्स, ट्रफी, प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् । फस्ट रनरअपले जनही १० हजारको रुपैयाँ, ट्रफी, ३ लाख बराबरको इन्स्योरेन्स, प्रमाणपत्र, गिफ्ट ह्याम्पर र सेकेन्ड रनरअपले जनही ५ हजार, २ लाख बराबरको इन्स्योरेन्स, प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्राप्त गरे ।
बिजेता तथा उपविजेताहरुलाई बिजेताहरुले क्राउन पहिराइ दिएका थिए भने मुख्य निर्णायक मिस नेपाल २०१७ निकिता चन्दक, निर्णायक सुमन खड्का, आयोजक ड्रिम मोडल एजेन्सीका सिइओ सौरभराज भण्डारी, कार्यक्रम संयोजक निश्चल पलिखे लगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रतिस्पर्धाको व्यक्तिगत विद्यामा पुरुषतर्फ मिस्टर पपुलर उपाधि शिशिर विश्वकर्मा, वेष्ट डिस्पिलिनमा प्रिन्स राई, वेष्ट पर्सानालिटि युगल लिम्बू, वेष्ट ड्रेस जसम आचार्य, वेष्ट वक आशिष नेपाली र पव्लिक च्वाइस सन्तोन राई घोषित भए । जुनियर मिस अवार्ड वेष्ट स्माइलमा उपासना कटुवाल, वेष्ट स्टाइलिसमा एलिसा राई, वेष्ट ड्रेस एण्ड वकमा मेनुका कार्की, वेष्ट फिगर प्रतिशा शाक्य, वेष्ट डिसिप्लिनमा आयुषा तामाङ , वेष्ट मोडल आईसा अधिकारी, मिस ट्यालेन्ट नाम्साङ राई र पव्लिक च्वइसमा सुदीक्षा चौधरी, वेष्ट आइकन नुरङ राई घोषित भए । उनीहरुलाई ट्रफी र गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो ।
कार्यक्रमको मुख्य निर्णायकको रुपमा मिस नेपाल २०१७ निकिता, फेसन स्टाइलिस्ट मुमन खड्का, काजी प्रोडक्सनका सिइओ सुसान्तकाजी श्रेष्ठ, इन्टरनेसनल मोडल ग्यालेटसेन शेर्पा र चलचित्र महासंघ प्रदेश १ अध्यक्ष अरुण प्रधान रहेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि इलाका प्रशासन कार्यालय धरानका प्रमुख चुडाराज भट्टराई, विशेष अतिथि नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई, धरान ३ न. वडाध्यक्ष विद्या शाक्य, ९ न. वडाध्यक्ष रुपेश आचार्य, १६ न. वडाधयक्ष मुरारी भट्टराई, इलाका प्रहरी कार्यालय धरानका प्रमुख बुद्ध श्रेष्ठ, सशस्त्र प्रहरी बल धरानका डिएसपी वुद्धिनारायण चौधरी, धरान ट्राफिक प्रहरी निरीक्षक श्यामकुमार बस्नेतलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: साउन २९ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend