Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा बोलबम ४० वर्षदेखि निरन्तर

हाम्रो कोशी आवाज
साउन ३० २०७९, सोमबार
धरानमा बोलबम ४० वर्षदेखि निरन्तर

धरानः कोरोनाको प्रकोपबाट दुई वर्ष रोकिएको धरानको बोलबम मेलामा साउनको अन्तिम सोमबार लाखौ भक्तजनको सहभागितासहित समापन भएको छ ।
दुईवर्ष रोकिएको श्रीपिण्डेश्वर बाबाधाममा लाग्ने बोलबम मेला यस वर्ष पाँचवटा सोमबार परेको थियो । यसवर्षको श्रावणमा विभिन्न चाडवाडसमेत परेकोले महिनाभरि नै भक्तजनको घुँइचो लागेको थियो ।
श्रावण भगवान शिवजीको प्रिय महिना र सोमबार प्रिय बार भएकोले यी दिनमा शिवजीको आराधना गर्नाले भगवान खुसी हुने र शिव कृपा प्राप्त हुने विश्वास गरिन्छ । यसै विश्वासका कारण श्रावणको सोमबार विभिन्न शिवालयमा भक्तजनहरूको ठूलो भिड हुने र आराधना गर्ने हुन्छ ।
४० वर्ष पहिलेबाट धरानको श्री पिण्डेश्वरमा चतराको कोशीबाट जल ल्याएर चढाउने बोलबम मेलाको परम्परा चलिआएको छ । यसवर्ष प्रदेश एक र मधेस प्रदेशबाट करिब १० लाख भक्तजनले पिण्डेश्वरमा जल चढाएको श्रीपिण्डेश्वर बाबाधाम समितिका अध्यक्ष विकास बनेपालीले बताए । उनका अनुसार यसवर्ष बोलबम मेलाको प्रचार प्रसार मधेस प्रदेसका ८ वटै जिल्लामा समेत गरिएको थियो ।
पिण्डेश्वर बोलबम मेलामा विशेषतः शनिबार आइतबार, सोमबार र मङ्गलबार यसपटकदेखि भक्तजन लगातार आएका थिए । पछिल्ला दुई सप्ताहका शनिबार आइतबार र सोमबार साँझमा विशेष आरती समेत गरिएको थियो । गंगा आरतीको झल्को देखिने विशेष आरतीमा भक्तजनको भव्य श्रद्धा देखिएको थियो ।

प्रकाशित मिति: साउन ३० २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend