धरानः धरानमा कुदिरहेको ट्रक एक्कासी पछाडि सर्दा दुईजना घाइते भएका छन् भने एउटा स्कुटी र मोटरसाइकलमा समेत क्षति पुगेको छ ।
सोमबार साँझ साढे ६ बजे कोशी लोकमार्गअन्तर्गत धरान–१३ डुकु होटलनजिक सो दुर्घटना भएको हो । धरानबाट धनकुटातर्फ जाँदै गरेको प्र १–०२–००१ ख ८३८५ नम्बरको ट्रक कुदिरहेको अवस्थामा पछाडि सर्न पुगेको प्रहरीले जनाएको छ ।
पछाडि सर्दा पछाडि पछाडि हिँडिरहेको को१६प ८३८७ नम्बरको स्कुटीलाई ठक्कर दिँदा स्कुटी क्षति भएको थियो । चालक धरान–१३ बस्ने वर्ष २७ की लिजा थापा मगर हातमा चोट लागेको छ भने र पछाडि सवार धरान–१५ बस्ने वर्ष २७ की ज्योति लिम्बू कम्बरमा सामान्य चोट लागेको छ । उनीहरुको धरानस्थित विजयपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरुले ट्रक पछाडि सरेको चालक पाउनेवित्तिकै आफ्नो ज्यान जोगाउन लागिपरेका थिए तर पनि ट्रकले ठोक्किन पुगेको बताएका छन् ।
दुर्घटनामा प्र १–०२–०४९प४२९ नम्बरको मोटरसाइकल, को२७प ५६५८ नम्बरको मोटरसाइकलमा समेत सामान्य क्षति भएको प्रहरीले जनाएको छ ।
ट्रक प्रहरी चौकी अमरहाटको नियन्त्रणमा रहेको र चालक तत्काल फरार रहेकोले खोजी भइरहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठले जानकारी दिए ।