धरानः धरानमा यसपटक कृष्णजन्माष्टमी भव्यरुपमा मनाइने भएको छ ।
भोलि अर्थात् भदौ २ गतेदेखि विविध कार्यक्रमसँगै भाद्र ४ गते रथयात्रा गरी समापन गरिने गीता भवन समितिका कार्यवाहक अध्यक्ष प्राडा गोपाल भण्डारीले जानकारी दिए ।
विगत दुई वर्षयता कोरोना कहरले कृष्ण जन्माष्टमी रोकिँदै आएको थियो । सचिव जीवनकुमार अग्रवालले यस वर्ष भव्य र सभ्य तरिकाले पर्व मनाउन लागिएको बताए । उनका अनुसार कार्यक्रम सफल बनाउन सडक यातायात ब्यवस्थापनका लागि ट्राफिक कार्यालयलाई जानकारी दिइएको बताए ।
गीता भवन समितिका सह–कोषाध्यक्ष किशनकुमार अग्रवालले यो वर्ष रथमा चलाउने गाडी नयाँ ल्याएको र भक्तजनहरु हजारौंको संख्यामा सहभागी हुने अनुमान गरेको बताए ।
