Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको विश्वकर्मा मन्दिर छेऊ दुर्घटना

हाम्रो कोशी आवाज
भाद्र १ २०७९, बुधबार
धरानको विश्वकर्मा मन्दिर छेऊ दुर्घटना

धरानः धरान–८ तीनकुनेस्थित विश्वकर्मा मन्दिरनजिकै दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ ।
इटहरीबाट धरानतर्फ आउँदै गरेको को२च १६६७ टाटा पिकअप र धरानबाट इटहरीतर्फ प्रदेश १–०२–०४८प४८३१ को मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा युवाको मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठले जानकारी दिए ।
मृत्यु हुनेमा इटहरीका ३१ वर्षीय सुरज दाहाल रहेका छन् । दुर्घटनामा टाउको र मुखमा चोट लागेका उनको धरानस्थित बीपी प्रतिष्ठानमा उपचारका क्रममा करिब साढे ६ बजे साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । सोही मोटरसाइकलमा सवार वर्ष ३४ सन्तोष दाहाल घाइते भएका छन् ।
धरान–इटहरी सडक खण्ड अहिले धुलाम्मे अवस्थामै छ । व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत चीन र भारतसँगको सोझो ‘लिङ्क’ रोडको रुपमा विस्तार भइरहेको सडक अन्तर्गत यतिबेला इटहरीको तरहरादेखि धरानसम्म सडक विस्तार भइरहेको छ । तर, सडक विस्तार सुस्त गतिमा छ । जसले गर्दा सर्वसाधारणले सास्ती खेप्नु परेको छ ।
विराटनगर–धरान सडक खण्ड अन्तर्गतको तरहरादेखि धरान तीन कुनेसम्मको काम सुस्त हुँदा सडकमा यात्रा गर्नेले सास्ती खेप्दै आएका हुन् ।
सडकमा बनेका खाल्डाखुल्डीका कारण दुर्घटनाको जोखिम समेत बढेको छ । खाल्डाखुल्डी, हिलो र धुलोले गर्दा धरान0तरहराको सडक हिड्नै नपरोस् भन्दै आवाज उठ्ने गरेपनि काम भने अहिलेसम्म सुस्त नै छ । विशेषगरी साना सवारी साधन मोटरसाइकल, अटो तथा कारहरु खाल्डाखुल्डी कारण दुर्घटनामा पर्ने गरेका छन् ।

प्रकाशित मिति: भाद्र १ २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend