Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानबाट फरार प्रतिवादी समातिए

हाम्रो कोशी आवाज
भाद्र ६ २०७९, सोमबार
धरानबाट फरार प्रतिवादी समातिए

धरानः धरानबाट एक फरार प्रतिवादी पक्राउ परेका छन् ।
जरिवाना भई हालसम्म फरार रहँदै आएका धरान–१५ का ३५ बर्षीय प्रेम तामाङ पक्राउ परेको प्रहरीले जनाएको छ ।
सुनसरी जिल्ला अदालतको मिति २०७८।०७।१४ गतेको फैसला आदेशले ६ महिना कैद र ६ हजार रुपैयाँ जरिवाना तोकिएको प्रहरीले जनाएको छ । प्रहरीले कुन मुद्दामा उनी पक्राउ परेका हुन् भन्नेबारेमा भने केही खुलाएको छैन ।
फरार प्रतिवादीको खोजतलासमा खटिएको १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगर आरआइटी समूहको प्रहरी टोलीले तामाङलाई सोमबार धरानबाट पक्राउ गरेको हो । पक्राउ परेका तामाङलाई सुनसरी जिल्ला अदालतमा उपस्थित गराइएकोमा तोकिएको कैद भुक्तानको लागी कारागार पठाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: भाद्र ६ २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend