धरानः धरान-८ गुम्बामार्गमा आफैंमाथि खुकुरी हानेर रेटिँदा एकजनाको मृत्यु भएको छ ।
स्थानीय करिब ४२ वर्षीय ज्वाइँ रामबहादुर रम्तेलले आफ्नै सासुमाथि खुकुरी प्रहार गरी आफूमाथि नै खुकुरी प्रहार गर्दा (सेरिँदा) उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सागर श्रेष्ठले जानकारी दिए ।
टेम्पो चढेर आएका उनले आफ्नो साथबाट खुकुरी निकालेर ७१ वर्षीय सासु नरमाया भुजेलमाथि प्रहार गरेका थिए । खुकुरी प्रहार गरिसकेपछि उनले आफैमाथि खुकुरी हानेका थिए ।
खुकुरी प्रहार प्रहारबाट गम्भीर घाइते बनेकी भुजेलको धरानस्थित बीपी प्रतिष्ठानमा उपचार हुन नसकेपछि विराटनगर ‘रेफर’ चिकित्सकले जानकारी दिएका छन् ।
ससुराली आएको बेला सासुसँग घरायसी विवाद भएको र ज्वाइँ रम्तेलले धारिलो हतियार खुकुरी प्रहार गरी सासु नरमायालाई गम्भीर घाइते बनाएका थिए । खुकुरी प्रहारबाट भुजेलको टाउकोको बाँयापट्टि कान समेत काटिएको छ ।
रम्तेलमा मानसिक समस्या रहेको र औषधि समेत सेवन गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ । रम्तेलकी श्रीमती रोजगारीका लागि कुवेत पुगेकी छिन् ।
* सच्याइएकोः यसअघिको समाचारमा भुलवश उल्टोपाल्टो पर्न गएकोले क्षमाप्रार्थीसहित सच्याइएको छ । –सं.)
