धरानः धरान-१५ का एक व्यक्तिले आफैमाथि खुकुरी प्रहार गरेका छन् ।
धरान-१५ का चन्द्रबहादुर बराइलीले मादक पदार्थ सेवन गरी आफैमाथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । उनले खुकुरी आफ्नै पेटमा हानेको आफन्तले बताएका छन् । खुकुरी प्रहारबाट उनी गम्भीर घाइते भएका छन् । पेटमा खुकुरी प्रहार गर्दा उनको आन्द्रासमेत बाहिर निस्किएको थियो ।
राति करिब १० बजे उनले आफैमाथि खुकुरी प्रहार गरेका थिए । उनलाई तत्कालै धरानस्थित बीपी प्रतिष्ठानमा उपचारका लागि लगिएको र थप उपचारका लागि विराटनगरस्थित नोवेल अस्पताल लगिएको छोरी होमा बराइलीले जानकारी दिइन् ।