Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

फोटो पत्रकार महासंघमा पुनः धरानका विकास

हाम्रो कोशी आवाज
भाद्र १७ २०७९, शुक्रबार
फोटो पत्रकार महासंघमा पुनः धरानका विकास

धरानः नेपाल फोटो पत्रकार महासंघ सुनसरीको दोश्रो अधिवेशन भाद्र १५ गते बुधबार धरान ४, भेडेटार (काम्फेक) स्थित होटल बेस क्याम्पमा सम्पन्न भएको छ ।
फोटो पत्रकार महासंघको केन्द्रीय सदस्य उपेन्द्र चाम्लिङको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनबाट अध्यक्षमा विकास चाम्लिङ पुनः सर्वसम्मतरूपमा निर्वाचित भएका छन् । चाम्लिङको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन भएको छ । कार्यसमितीको उपाध्यक्षमा नविन गड्तौला, सचिवमा शिशिर राई, सहसचिवमा नसिम अन्सारी पुनः निर्वाचित भएका छन् । यस्तै, सहसचिवमा नै सनम तामाङ, कोषाध्यक्षमा सञ्जु राई (सुमित्रा), सहकोषाध्यक्षमा सागर सिंजाली निर्वाचित भएका छन् ।
पुनः निर्वाचित सदस्यहरूमा सोहन श्रेष्ठ, सञ्जय याक्खा, नरेन कुलुङ, विक्रान्त श्रेष्ठ र शुक्रान्त राई रहेका छन् । यसैगरी यसपटकको नयाँ सदस्यहरूमा लासेवा सुब्बा, मौसमी कार्की, स्नेहा श्रेष्ठ, कृष्णकुमार श्रेष्ठ र प्रतिप राई रहेका छन् ।
अधिवेशनमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भिषण राई, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि चाम्लिङ, क्रियाशील महिला पत्रकार समूहकी अध्यक्ष मनिता चाम्लिङ, महासंघका सल्लाहकार किशोर थुलुङ, रोहित कोयु राई, अग्रज फोटो पत्रकार मोजेश राईलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: भाद्र १७ २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend