धरानः धरानमा आयोजित वक्तृत्वकला प्रतियोगितामा धरान-१६ स्थित युएन, नवोदय कलेजमा अध्ययनरत छात्र दीपेन भण्डारी प्रथम भएका छन् ।
धरान जेसिजको जेसिज सप्ताहको अवसरमा आयोजित प्रतियोगितामा उनले प्रथम स्थान हात पारेका हुन् । प्रतियोगितामा शारदा बालिका माविकी रेजिना लामिछाने र पब्लिक हाइस्कुल धरानका अंकित ढुंगाना क्रमशः द्वितीय र तृतीय बने ।
यसैबीच प्रथम बनेका भण्डारीलाई कलेजले सम्मान गरेको छ । कलेज परिसरमा आयोजित कार्यक्रममा क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापो, कलेजका अध्यक्ष ज्ञानेश्वर झालगायतले खदा र सम्मानपत्रले सम्मान गरेका थिए ।



