धरानः धरान–१ स्थित धरान मोडल कलेजद्वारा व्यक्तित्व विकास कार्यक्रम आयोजना भएको छ ।
धरान–१२ स्थित होटल पूर्वीमा यस्तो कार्यक्रम आयोजना भएको हो । प्लस टु दिएर बसेका विद्यार्थीहरुका लागि यस्तो कार्यक्रम आयोजना गरिएको क्याम्पस प्रविन राईले जानकारी दिए । कार्यक्रममा ८० जनाभन्दा बढी विद्यार्थीको सहभागिता रहेको उनले जानकारी दिए ।
विद्यार्थीलाई कृति टेलिभिजनका डाइरेक्टर मोहन श्रेष्ठ, अध्यापक गौरव सन्ज्याल, अमर राईले प्रशिक्षण दिएका थिए । तीनवटा सेसनमा तालिम सञ्चालन भएको थियो । क्याम्पस प्रमुख प्रविन राईको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक विष्णु खनालले गरेका थिए । धरान मोडल एकेडेमी प्रालिका उपाध्यक्ष राजेन्द्र खड्काले स्वागत तथा शुभकामना मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन अध्यापक डा. भवानीशंकर भट्टराईले गरेका थिए ।
कार्यक्रममा कलेजका विद्यार्थीले नृत्य र गीत पस्किएर मनोरञ्जन समेत प्रदान गरेका थिए । धरान मोडल कलेजमा बिबिबिएस, बिएड साथै पहिलोपल्ट बिएसडब्ल्यु विषयमा पठनपाठन हुँदै आएको छ ।






