Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान उपमहानगरपालिकाद्वारा साइक्लिङ प्रतियोगिता

हाम्रो कोशी आवाज
भाद्र २० २०७९, सोमबार
धरान उपमहानगरपालिकाद्वारा साइक्लिङ प्रतियोगिता

धरानः धरान उपमहानगरपालिकाद्वारा साइक्लिङ प्रतियोगिता आयोजना भएको छ ।
अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवसको अवसरमा धरान उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद महाशाखाको आयोजना तथा सुनसरी साइक्लिङ सङ्घको संयोजनमा सो प्रतियोगिता भएको हो ।
प्रतियोगिताको उद्घाटन धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले रविन काटेर गरेका छन् । कार्यक्रममा मेयर साम्पाङले पनि प्रतियोगीसँगै केहीबेर साइकल चढेका थिए । पुरस्कार वितरण कार्यक्रममा बोल्दै मेयर साम्पाङले खेलाडीहरुलाई उत्साह थप्न यस्ता प्रतियोगिता भइरहनुपर्ने बताए ।
प्रतियोगितामा महिलातर्फ निक्की नेम्वाङ पहिलो, इषा तामाङ द्वितीय र निसान चौधरी तृतीय भएका थिए भने पुरुषतर्फ किरण लिम्बू, नवीन तामाङ, अनीश तामाङ क्रमशः पहिलो, दोस्रो र तेस्रो बनेका थिए । उनीहरूले नगद क्रमशः १५, १० र ५ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेका छन् । उनीहरुलाई मेयर साम्पाङ, उपमेयर अइन्द्रविक्रम बेघालगायतले प्रमाणपत्र र नगद प्रदान गरे ।
धरान उपमहानगरपालिकाको गेटबाट शुरु प्रतियोगिता रुट चतरालाइन, कल्याणचौक, बुद्धचौक, रत्नचौक, मङ्गलबारे, जोरसखुवा चौक, गणेशमान चौक हुँदे धरान उपमहानगरपालिकासम्म तय भएको थियो । बिजेताले करिब सात किलोमिटरको दुरी १६ मिनेटमा पार गरेका थिए ।
यो प्रतियोगिताबाट उत्कृष्ट खेलाडी मध्येबाट पोखरामा हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत रोड रेस साइक्लिङ प्रतियोगितामा सहभागिताको लागि छनौट गरिने सुनसरी साइक्लिङ सङ्घका अध्यक्ष राजेन लिम्बूले बताए ।
तस्वीरः हाम्रो कोशी आवाज

प्रकाशित मिति: भाद्र २० २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend