Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा प्रशिक्षणमा रहेका महिला बास्केटबल खेलाडीलाई झुनाजको सहयोग

हाम्रो कोशी आवाज
भाद्र २१ २०७९, मंगलबार
धरानमा प्रशिक्षणमा रहेका महिला बास्केटबल खेलाडीलाई झुनाजको सहयोग

धरानः ९ औं राष्ट्रिय प्रतियोगिताका लागि तयारी गरिरहेका सुनसरी महिला बास्केटबल टिमलाई झुना राईले आफ्नो झुनाज फिटनेस निःशुल्क प्रयोग गर्न दिने भएको छ ।
राईले प्रशिक्षणमा रहेका १२ जना महिला बास्केटबल खेलाडीहरुको फिटनेसका लागि आफ्नो फिटनेस सेन्टर निःशुल्करुपमा प्रयोग गर्न सहयोग गरेका हुन् । यही भाद्र ७ गते छनौट भएका सुनसरीका महिला र पुरुष बास्केटबल खेलाडीहरुले धरान रंगशाला कर्भडहलमा प्रशिक्षण गरिरहेका छन् । उनीहरुको थप फिटनेसका लागि जीम र स्वीमिङ सहयोगि हुने भएकोले सुनसरी बास्केटबल संघका पूर्व कोषाध्यक्ष समेत रहेकी झुनाले आफ्नो फिटनेस उपलव्ध गराएका हुन् । झुनाज फिट्नेसमा जीम हल, जुम्बा, एरोबिक, स्वीमिङ, स्पा, मसाज, सौना बाथ, पेडिकेयर, ब्युटी पार्लरलगायतको सुविधा रहेको छ ।
सुनसरी महिला बास्केटबल टिममा डा. आशा राई, तनु राई, सितल तामाङ, आस्था कुलुङ राई, निरुता राई, इक्सा लिम्बू, सम्झना राई, सेरिना लिम्बू, आशा लामा, एल्भिना गुरुङ, नुमा लिम्बू र तनिशा श्रेष्ठ रहेका छन । त्यस्तै, पुरुषतर्फ विवेकमनी श्रेष्ठ, दिवस राई, सुशन श्रेष्ठ, विकेन चौधरी, रवि बास्फोर, सन्दीप श्रेष्ठ, समिर राई, नविन राई, हेमन्त राई, योक राई, कविन मगर र साहिल तामाङ रहेका छन् ।
प्रशिक्षणमा रहेका सुनसरीका खेलाडीहरुले असोज पहिलो हप्ता प्रदेश १ खेलाडी छनौट प्रतियोगितामा सहभागिता जनाउनेछ । छनौट प्रतियोगिताबाट प्रदेश १ महिला र पुरुष बास्केटबल खेलाडी छनौट गरिनेछ । छनौट भएका खेलाडीहरुले प्रदेश १ को प्रतिनिधित्व गर्दै असोज २८ गते देखि शुरु हुने ९ औ राष्ट्रिय प्रतियोतिामा प्रतिस्पर्धा जनाउने सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदीले बताएका छन् ।

प्रकाशित मिति: भाद्र २१ २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend