Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका स्नुकर प्रतियोगिता हुने

हाम्रो कोशी आवाज
भाद्र २१ २०७९, मंगलबार
धरानका स्नुकर प्रतियोगिता हुने

धरानः युनिक पुल हाउस एण्ड खाजा घरको आयोजनामा बिहीबारदेखि युनिक पुल हाउस धरान स्नुकर च्याम्पियन २०७९ हुने भएको छ ।
प्रतियोगितामा धरानभरिका ५० टिमले सहभागिता जनाउनेछन् । प्रतियोगिताका बिजेताले नगद ३० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरी उपविजेताले नगद २० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । व्यक्तिगत पुरस्कारतर्फ प्रतियोगिताको सेन्चुरी ब्रेकले नगद १५ हजार र हाइएस्ट बे्रकले नगद १० हजार, ट्रफी र मेडल प्राप्त गर्नेछ ।
धरानमा थुर्पै राष्ट्रियस्तरको व्यवसायिक स्नुकर खेलाडीहरु भएपनि स्थानीय निकायले स्नुकर खेल तथा खेलाडीहरुको लागि कुनै पनि कार्यक्रम योजना नबनाएको प्रतियोगिताका संयोजक एवं आयोजक युनिक स्नुकर हाउस एण्ड खाजा घरका सञ्चालक चन्द्र लिम्बूले गुनासो पोखे ।
युनिक स्नुकर तथा खाजा घर भाद्र १ गते देखि ट्रायल ओपनिङको रुपमा सुरुवात भइसकेको छ । प्रतियोगिता दुई हप्तासम्म चल्नेछ । धरानका स्नुकर खेलाडीहरुलाई प्रोत्साहन गर्न तथा स्नुकर खेललाई प्रर्वद्धन गर्नका लागि प्रतियोगिता आयोजना गर्न लागिएको उनले जानकारी दिए ।
धरान–५ सिरान देउरालीस्थित युनिक पुल हाउस एण्ड खाजा घरको उद्घाटनको अवसरमा प्रतियोगिता हुन लागेका हो ।

प्रकाशित मिति: भाद्र २१ २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend