Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

आज साँझ धरानमा कन्सर्ट

हाम्रो कोशी आवाज
भाद्र २५ २०७९, शनिबार
आज साँझ धरानमा कन्सर्ट

धरानः ‘रयाप ब्याटल’ बाट एक्कासी चर्चामा आएका जी बब नामले लोकप्रिय बनेका रयापर सुदीप भण्डारी पहिलोपल्ट धरानमा आउँदैछन् । आज भदौ २५ गते शनिबार साँझ आयोजना हुने ‘टूबोर्ग फुल भोल्युम कन्सर्ट’ को लागि आउने भएका छन् ।
फुल भोल्युम कन्सर्टमा जी बबसँगै अहिलेकी लोकप्रिय गायिका अस्मिता अधिकारीले पनि आफ्नो गीतहरु प्रस्तुत गर्नेछिन् भने चर्चित रयापरहरु प्लस डिभाइड र सिरुपातेसँगै धरानको चर्चित डीजे डबल बी र डीजे नभसनले डीजेइङ समेत प्रस्तुत गर्नेछन् ।
‘मिलेन लेभल तेरो’ बोलको बहुचर्चित गीतसँगै पÞmाइनल्ली भेटियो, कलाको म धनी, भाग न भाग, कलाकार, सिधा कुरा मेरो लगायतका युवाहरुमाझ लोकप्रिय आफ्ना अन्य गीतहरु प्रस्तुत गर्नेछन् । उनी पूर्वमा नै पहिलोपल्ट कन्सर्टका लागि धरान आउँदैछन् । त्यस्तै नेपाली फिल्म तथा आधुनिक पप गीतहरुमा एकदमै रुचाएकी गायिका अस्मिता अधिकारीको ‘बाबरी रङ्गमा’ अहिले निक्कै नै लोकप्रिय तथा टिकटकमा समेत उत्तिकै भाइरल छ । उनको काफल कमल, टाढा भएपनि, लज्जावती झार, कोहोला त्यो, साली मन परर्यो, तिम्रो मायाले बाँधेर राख, रम रम मरौतीं लगायत गीतहरु पनि उत्तिकै चर्चित तथा लोकप्रिय छन् । त्यस्तै रयापर प्लस डिभाइडका शब्दको युद्ध, बाबु भित्र केही खास, आको म यहाँ, चाहिने भन्दा बढी, म जहिलेलगायतका गीतहरु र ¥यापर सिरुपातेका राजनीति, मस्त, नोबडी नोज, कालेभाइलगायतका गीतहरु युवाहरुमाझ निक्कै लोकप्रिय छन् ।
लामो समयपछि धरानमा आयोजना हुन लागेको भब्य कन्सर्टमा सबैखाले दर्शकहरुको मनोरन्जनका लागि रयाप र मेलोडीको सम्मिश्रण गरिएको आयोजक सिल्भर इन्टरटेनमेन्टले जनाएको छ । टुबोर्ग बियरको प्रस्तुति रहेको फुल भोल्युम कन्सर्टमा डिभाइन वाइन, रेड्ब्ल्यु इनर्जी ड्रिङकको सहप्रायोजन, केन्द्र मोसन पिक्चर्स, एसपी इभेन्ट्स युके, एनएचडीडी स्टुडियो, भीआइपी नेपाल अस्टे«लियाको विशेष सहयोग तथा महेन्द्र अक्वा, पेप्सी, धरान टि र पीएच शाइन स्याम्पूको सहयोग रहेको छ । कन्सर्टको लागि गेट टिकट लागि ५ सय रुपैयाँ राखिएको छ ।

प्रकाशित मिति: भाद्र २५ २०७९, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend