Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा ‘माङगेन्ना’ चलचित्रको शुभमुहुर्त

हाम्रो कोशी आवाज
भाद्र २६ २०७९, आइतबार
धरानमा ‘माङगेन्ना’ चलचित्रको शुभमुहुर्त

धरानः कलाकर्मी, कथाकार, निर्देशक तथा निर्माता प्रेम सुब्बाको निर्देशनमा ‘माङगेन्ना’ अर्थात् शिर उठाउनु नामक चलचित्र निर्माण हुने भएको छ ।
लिम्बू संस्कृतिमा आधारित सो फिल्म बन्न लागेको हो । सो फिल्मको धरानमा एक कार्यक्रमका बीच शुभमुर्हत समेत भएको छ । चलचित्रमा किशोर सम्वाहाम्फे, टीकाराम लिम्बू, ममता लिवाङ, बिपना आङछो, आरबी थाङदेन, मुना हुप्पाचोङवाङ, दीपक लाबुङ, हेमु स्मृतिलगायतका दर्जनौं कलाकारहरुको मुख्य भूमिका रहनेछ ।
प्रदेश १ की सामाजिक विकास राज्यमन्त्री विष्णुमाया तुम्वाहाम्फेले सो फिल्मको शुभमूहुर्त गरेकी छिन् । मिक्लाजुङ फिल्मस प्रालिको प्रथम प्रस्तुति रहेको फिल्ममा सागर सिङ्घक तथा टीकारामा लिम्बू निर्माता रहेका छन् । त्यस्तै, सोही चलचित्रको छायाङकन प्रकाश सुब्बाले गर्नेछन् । कार्यक्रममा चलचित्रकर्मी नविन मेन्याङबोले समेत शुभकामना दिएका थिए ।

प्रकाशित मिति: भाद्र २६ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend