Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको युएन, नवोदय कलेजको स्वागत कार्यक्रम भव्य

हाम्रो कोशी आवाज
असोज ७ २०७९, शुक्रबार
धरानको युएन, नवोदय कलेजको स्वागत कार्यक्रम भव्य

धरानः धरान-१६ स्थित युएन, नवोदय कलेजमा स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
धरान-१५ स्थित चुम्लुङ हिममा आयोजित कार्यक्रममा प्रदेश १ का विभिन्न जिल्लाबाट कक्षा–११ मा अध्ययन गर्न आएका विद्यार्थीहरुलाई बिहीबार स्वागतार्थ कार्यक्रम आयोजना गरिएको थियो । कलेजका अध्यक्ष तथा एशोसिएट प्रोफेसर ज्ञानेश्वर झा, क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापो, होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगनमान श्रेष्ठ, एक्ज्यामिनेशन कन्ट्रोलर विष्णुकुमार दाहाल, म्यानेजमेण्ट कोअर्डिनेटर नुर खान, साइन्स कोअर्डिनेटर आकाश अधिकारी, काउन्सिलर सुमन बाँस्कोटा, अध्यापक रामबहादुर लिम्बू, दिब्या झा लगायतले कक्षा–११ का विद्यार्थीहरुलाई अविर र खदा लगाएर स्वागत गरेका थिए ।
विद्यार्थीलाई सम्मान
कलेजका प्रतिभावान र अध्ययनमा निपूर्ण, स्कुल टपरलगायत विभिन्न विधामा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको छ । कार्यक्रममा कक्षा–११ को फाइनल परीक्षामा पहिलो, दोस्रो र तेस्रो हुने छात्रछात्रालाई सम्मान गरिएको थियो । विज्ञान सङ्कायतर्फ ३.७३ जिपिए ल्याएर पहिलो बन्ने कुशल दाहाललाई सम्मान गरिएको थियो । उनलाई ‘वेष्ट स्टुडेण्ट अफ दि इयर २०७८’ घोषित गर्दै ५ हजार नगदसहित सम्मान गरिएको थियो । यस्तै, ३.३५ ल्याएर दोस्रो हुने दीपेन भण्डारी, ३.१९ ल्याएर तेस्रो हुने पुजन सुवेदीलाई सम्मान गरिएको थियो ।
यस्तै, म्यानेजमेण्टतर्फ स्वस्तिका थापा मगर, पुष्पा लामिछाने, विनिता खड्कालाई सम्मान गरिएको छ भने होटल म्यानेजमेण्टतर्फ प्रभा श्रेष्ठ, रचना राई, सौगात भुजेल, रेनुका तामाङलाई सम्मान गरिएको थियो । यस्तै, कार्यक्रममा नवोदय, युएन स्कुल, सरस्वती सेकेण्डरी स्कुल फिदिम, श्री रामनवमी सेकेण्डरी स्कुल धनकुटाका टपर क्रमशः कृतज्ञा भण्डारी, दर्पन राई, वरदान तुम्बापो र जेनिस लिम्बूलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा फक्ताङलुङ अनलाइन टिभीले आयोजना गरेको एसइई सिङ्गीङ आइडलका विजेता कक्षा–११ मा अध्ययनरत छिरिङ तामाङ, फस्ट रनरअप रिजन लोहनी, सेकेण्ड रनरअप गनु राई, डान्सिङ आइडलकी विजेता नुमा लिम्बू, फस्ट रनरअप नियति राना मगरलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा एसइई स्पीकर आइडल कक्षा–११ की छात्रा एङलीशा थापा, १२ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विद्यालयस्तरीय कवड्डीमा तृतीय बन्ने प्रनित राई, छैटौं अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा च्याम्पियन बन्दै गोल्डमेडल प्राप्त गर्ने बन्ने नवोदय विद्या मन्दिरको कक्षा–६ मा अध्ययनरत् प्रमोद राईलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा कक्षा–१२ को बोर्ड परीक्षामा होटल म्यानेजमेण्टतर्फ वेष्ट स्टुडेण्ट घोषित हुँदै ३.२९ जिपिए ल्याउने प्रकृति चौहानलाई नगद ५ हजारसहित सम्मान गरिएको थियो । यस्तै, ३.१७ जिपिए ल्याएर दोस्रो हुने रोजिना राई, ३.११ जिपिए ल्याएर तेस्रो बन्ने अलिषा लिम्बू, म्यानेजमेण्टतर्फ ३.०८ जिपिए ल्याउने पूजा राई, ३.०६ जिपिए ल्याउने एलिसा थापा, ३.०५ जिपिए ल्याउने शिशिर खड्कालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख तुम्बापोले कलेजले टपर, उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्न पाउँदा गर्व लागेको बताए । उनले कलेजमा यस वर्षपनि स्कुल टपरदेखि प्रतिभावान विद्यार्थी अध्ययनका लागि आएको बताए । उनले कलेजका विद्यार्थीले प्रदेश टपदेखि एकपटक त नेपाल टप समेत गर्न सफल भएको बताए । उनले कलेजले विद्यार्थीलाई पढाइका साथै अतिरिक्त क्रियाकलापमा सक्दो जोड दिँदै आएको र सोहीअनुसार विद्यार्थीले मञ्चमा लुकेर रहेको प्रतिभा प्रष्फुटन गरेको बताए । ‘हामी पढाइमा त अब्बल छौं नै’, उनले भने, ‘विद्यार्थी पढाइलगायत अन्य विधामा पनि खरो उत्रिन सक्छन् ।’
कार्यक्रममा विद्यार्थीहरुले आकर्षक नृत्य र गीत प्रस्तुत गरेर भरपुर मनोरञ्जन दिएका थिए । कार्यक्रममा कलेजका अध्यापक नाम्लिङहाङ चेम्जोङले पनि गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा कलेजका अध्यापक बिनुमान मोते, अध्यापक सिर्जना लिम्बू, विजय अछामी, स्वर्ण साम्वाहाम्फे, सन्तोष झा, विद्याभुषण गुप्ता, सिर्जना गिरी, विष्णु लिम्बू, अलिषा दाहाल, प्रमोटर जगत नेम्वाङलगायतको उपस्थिति थियो ।
कार्यक्रमको सञ्चालन कक्षा–१२ का विद्यार्थीहरु दीपेन भण्डारी र त्रिशला श्रेष्ठले गरेका थिए । कक्षा–१२ कै सेविका राईले स्वागत मन्तब्य राखेकी थिइन् भने कार्यक्रममा एसइई आइडलकी विजेता अङ्लीशा थापाले समेत मन्तव्य राखेकी थिइन् ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

 

प्रकाशित मिति: असोज ७ २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend