Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान मोडल कलेजमा नृत्य

हाम्रो कोशी आवाज
असोज १० २०७९, सोमबार
धरान मोडल कलेजमा नृत्य

धरानः धरान मोडल कलेजमा नृत्य प्रतियोगिता र दशैंको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
धरान–१ स्थित धरान मोडल कलेज परिसरमा आइतबार एकल नृत्य प्रतियोगिता र शुभकामना आदानप्रदान कार्यक्रम भएको हो । नृत्य प्रतियोगितामा दृष्टि कुलुङ प्रथम बनिन् भने रेविना दाहाल र स्वीकृत लिम्बू क्रमशः द्वितीय र तृतीय भइन् । प्रतियोगिताका निर्णायकहरुमा निका मोक्तान र सुरेश राई रहेका थिए । प्रतियोगितामा ९ जना विद्यार्थीहरु सहभागी भएका थिए ।
बिजेताहरुलाई धरान मोडल एकेडेमीका अध्यक्ष डा.जीवनकुमार राई, क्याम्पस प्रमुख प्रविन राई, कौशिकी क्याम्पसका क्याम्पस प्रमुख मोहन श्रेष्ठ, अध्यापक बद्री तामाङलगायतको उपस्थिति थियो । नेपाल पत्रकार महासंघ सुनसरीका सहसचिवद्वय तिर्थ कार्की, भोला श्रेष्ठलगायतले पुरस्कार र प्रमाण–पत्र वितरण गरेका थिए । प्रालिका अध्यक्ष राई, क्याम्पस प्रमुख राई, कौशिकी क्याम्पस प्रमुख मोहन श्रेष्ठ, कलेजका प्राध्यापक डा.भवानीशंकर भट्टराई, विद्यार्थीका तर्फबाट स्वस्तिका तामाङलगायतले आउँदै गरेको महान चाड दशैंको शुभकामना ब्यक्त गरे ।
कार्यक्रममा बोल्दै प्रिन्सिपल प्रविन राईले विद्यार्थीमा लुकेर रहेको प्रतिभा बाहिर ल्याउन कलेजले जोड दिँदै आएको बताए । उनले विद्यार्थीको प्रतिभा बाहिर ल्याउन एकल नृत्य प्रतियोगिता आयोजना गरिएको समेत बताए । उनले वर्षमा एकपटक खेलकुदलगायतका गतिविधि, सामाजिक कार्य गर्ने उद्देश्यले रक्तदानलगायतका काम पनि गर्दै आएको छ ।
कार्यक्रममा बोल्दै प्रालिका अध्यक्ष डा.जीवनकुमार राईले कलेजले पढाइका साथै अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीलाई ध्यान दिने गरेको बताए । कार्यक्रमको सञ्चालन बिएसडब्लु कोअर्डिनेटर विष्णु खनालले जानकारी दिए । कार्यक्रममा विद्यार्थीहरुले सन्देशमूलक नाटक समेत पस्किएका थिए ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रकाशित मिति: असोज १० २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend