धरानः सुनसरीको धरान, चतरा, तरहरा–इटहरी र आसपासका क्षेत्रमा भारी वर्षा भएको छ ।
बुधवार बिहान सो क्षेत्रमा भारी वर्षा भएको र थप वर्षा हुन सक्ने सम्भावना रहेको बाढी सूचना केन्द्रले जानकारी दिएको छ ।
केन्द्रले एक सूचना जारी गर्दै बुढि खोला, सुनसरीखोला, खेसलिया खोला लगायत सो क्षेत्र भई बहने स–साना खोलामा आकस्मिक बाढी हुन सक्नेसमेत जानकारी दिएको छ ।
ती नदीहरूको तटीय क्षेत्र तथा डुबान भइरहने होचा स्थानमा उच्च सतर्कता अपनाउन केन्द्रले आग्रह गरेको छ ।