Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा पत्रकार सन्देश किरातीको निधन

हाम्रो कोशी आवाज
कार्तिक ३ २०७९, बिहिबार
धरानमा पत्रकार सन्देश किरातीको निधन

धरानः पत्रकार सन्देश किरातीको बिहीबार निधन भएको छ ।
उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा निधन भएको हो । ३२ वर्षीय राई धरानको गणतन्त्र एफएममा पनि केही वर्ष काम गरेका थिए । किरात राई पत्रकार संघ सुनसरीमा पनि केही वर्ष काम गरेका राई हाल नेपाल पत्रकार महासंघ भोजपुर शाखाका उपाध्यक्ष थिए ।
दम, फोक्सो, उच्च रक्तचाप, सुगरबाट पीडित उनको प्रतिष्ठानमा आइसियुमा कक्षमा उपचार भइरहेको थियो । उनी हाल रेडियो भोजपुरको स्टेसन म्यानेजर समेत थिए थिए ।

प्रकाशित मिति: कार्तिक ३ २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend