Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा शताब्दी पुरुषको श्रद्धाञ्जलीसभा

हाम्रो कोशी आवाज
कार्तिक ४ २०७९, शुक्रबार
धरानमा शताब्दी पुरुषको श्रद्धाञ्जलीसभा

धरानः धरानमा शताब्दी पुरुष डा. सत्यमोहन जोशीको श्रद्धाञ्जलीसभा सम्पन्न भएको छ ।
धरानको भानुचौकमा १०३ वर्षको उमेरमा स्वर्गवास भएका जोशीको विषयमा चर्चा गर्नुका साथै १ मिनेट मौनधारण र दीप प्रज्वलन गरिएको थियो । नेवाः देय् दबूका संरक्षक, संस्कृतिविद् बाङ्मय शताब्दी पुरुष डा. सत्यमोहन जोशीको निधनले नेवार समुदायमा पनि ठूलो क्षति भएको विचार दवू धरानका अध्यक्ष मनोहर शाक्यले राखे ।
प्रा.डा. टंक न्यौपानेले नेपालको एक महत्वपूर्ण सम्पत्ति गुमाएको बताएका छन् । कार्यक्रममा दवूका केन्द्रीय उपाध्यक्ष अनिल मास्के, सरला कायस्थ लगायतले श्रदाञ्जली र समवेदना प्रकट गरेका थिए । सभामा खलपुचका अध्यक्ष, प्रतिनिधि र विभिन्न जातीय संघ संस्थाहरुको प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: कार्तिक ४ २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend