धरानः धरानमा म्हः पूजा विधि तालिम सम्पन्न भएको छ ।
नेवः ल्यायम दवू सुनसरीले आयोजना गरेको तालिम बिहीबार सिद्धि नेवाः परिषद्मा सम्पन्न भएको हो ।
नेवार समुदायको मौलिक पर्वको रुपमा रहेको म्हः पूजालाई सही तरिकाले बुझेर घर घरमा गर्न सकोस भन्ने उद्देश्यका साथ आयोजना गरिएको ल्यायम्ह दवूका अध्यक्ष सन्दीप शाक्यले बताए ।
प्रशिक्षणमा सहजीकरण नेवाः राष्ट्रिय पत्रकार दवूका अध्यक्ष मोहन श्रेष्ठले गरेका थिए । म्हः को नेवारीमा अर्थ शरीर र पूजाको अर्थ प्रसन्न पार्न श्रद्धा भकिपूर्वक गरिने कार्य भएको वताउदै आत्मालाई शुद्ध बनाउन म्ह ः पूजा गरिएको श्रेष्ठले बताए ।
म्हः पूजा र विधिका विषयमा नेवाः संस्कृति अभियन्ता विराटनगर निवासी गणेश बर्जचार्यले प्रशिक्षण रहेका थिए । आफ्नो शरीर र आत्मालाई स्वास्थ्य र शुद्ध राख्नुपर्छ भन्ने बताए । शिक्षा म्हः पूजाले दिएको बर्जचार्यले बताए । म्हः पूजा के हो ? किन गरिन्छ ? कहिले देखि गर्न शुरु गरियो ? र कसरी गर्ने भन्ने विषयमा प्रस्तुतीकरण र अभ्यास समेत गराइएको थियो ।
सिद्धि नेवाः परिषद् धरानको विशेष सहयोगमा सम्पन्न तालिममा ८५ जना सहभागी भएका थिए । म्हः पुजा घरमा गरिरहेको भएपनि त्यसको कारण र अर्थबारे प्रष्ट हुन नसकेको कुरा सिक्ने अवशर प्राप्त भएको सहमागीहरुले प्रतिकृया दिएका थिए ।
