धरानः पूर्वको चर्चित शहर धरानको वर्णन गर्दै तयार पारिएको गीत ‘धरान शहर’ को छायाङ्कन धरानसँगै नाम्जे, भेडेटार, पाथिभरा मन्दिर क्षेत्रमा गरिएको छ ।
युमन सोदेम्बा लिम्बू, रेखा फागो, बादल चेम्जोङ र सुमन खेवासँगै गरिमा डान्स सेन्टरका कलाकारहरुको अभिनय रहेको गीतको म्युजिक भिडियोको निर्देशन देवजङ्ग थापाले गरेका छन् । मिडिया कनेक्सनको लागि प्रकाश आङ्देम्बेको निर्माण रहेको सो गीतमा चर्चित गायिका मेलिना राईसँगै साक्थिम योङ्गयाको युगल स्वर रहेको छ ।
विष्णु खजुमको सरल शब्दमा गायक साक्थिम योङ्गयाले नै संगीत तयार गरेका हुन् । मिडिया कनेक्सनको निर्माणमा तथा साक्थिम योङ्गयाको संगीतमा राजेश पायल राई, शुवानी मोक्तानलगायत अन्य चर्चित गायक-गायिकाहरुको स्वरमा समेत धमाधम गीत रेकर्ड भइरहेको र क्रमशः म्युजिक भिडिओसहित सार्वजनिक गर्दै जाने निर्माता प्रकाश आङदेम्बेले बताए ।
