Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका युवा लागूऔषधसहित समातिए

हाम्रो कोशी आवाज
कार्तिक १५ २०७९, मंगलबार
धरानका युवा लागूऔषधसहित समातिए

धरानः धरानका एक युवा लागूऔषध र नियन्त्रित औषधिसहित पक्राउ परेका छन् ।
प्रहरीले धरान–११ स्थितबाट लागूऔषध र औषधिसहित पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-११ का २६ वर्षीय बिरु भुजेललाई पक्राउ गरेको हो ।
उनलाई स्पासपेन १७१६ ट्याब्लेट, ट्रामोल २७७५ क्याप्सुल, स्पास्मो प्रोक्सिभन प्लस ६७५ क्याप्सुल, नाइट्रोसन २७ ट्याबलेट, एक्सकाफ डिएक्स १९ बोतल लागूऔषध तथा नियन्त्रिय औषधी र नगद १ लाख ६ हजार रुपैयाँसहित उनकै घरबाट पक्राउ गरेको हो ।
पक्राउ परेका भुजेलको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: कार्तिक १५ २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend