Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा जो एक्लै भोट माग्दै हिँड्छन्

हाम्रो कोशी आवाज
कार्तिक २० २०७९, आइतबार
धरानमा जो एक्लै भोट माग्दै हिँड्छन्

धरानः सुनसरी क्षेत्र नं. १ मा चुनावी माहौल तात्तिदै गएको छ । धेरै दलहरु मत माग्न घरघरमा पुगिरहेका छन्, कोही दलबलसहित चुनावमा छन् भने कोही एक्लै ।
धरानमा अहिलेका मेयर हर्कराज राई साम्पाङले एक्लै हिँडेर पनि चुनाव जितेको इतिहास ताजै छ । यसै क्रममा धरानमा एक व्यक्ति जो एक्लै भोट माग्दै हिँड्दै आएका छन् ।
धरान निवासी भुपी कोयी राई एक्लै भोट मागेर हिँडिरहेका छन् । किरात खम्बुवान साझा पार्टीबाट सुनसरी क्षेत्र नं. १ र २ बाट प्रदेशसभाको लागि प्रत्यक्षतर्फ उम्मेदवार बनेका उनी जनतालाई आफ्नो प्रतिबद्धता सुनाउँदै चोकचोक, घरघरमा पुगिरहेका छन् ।
धरानको भानुचोकस्थित लोकतान्त्रिक चौतारीमा आफ्ना प्रतिबद्धता सार्वजनिक गरेर चुनावमा होमिएका उनी अहिले घरघरमा भोट माग्दै हिँडिरहेका छन् । उनले भने, ‘शुरुमा एक्लै चोकचोकमा भाषण गर्दै हिँड्छु, त्यसपछि घरघरमा मत माग्दै हिँड्छु ।’
विशेषतः खम्बुवानले किरात सभ्यता, विरासत, पहिचानलाई सम्मान गर्दै प्रदेश १ लाई किरात प्रदेश नामाकरण सुनिश्चित गरिनुपर्ने आवाज उठाएका छन् । उनले धरानमा भुपुहरुले समाजमा गरेको योगदानलाई सम्मान गर्न कसैले नचाहेको हुनाले आफूले यो विषय पनि तड्कारोरुपमा उठाउँदै हिँडेको बताए ।
उनले आफ्नो प्रतिबद्धतापत्रमा शिक्षा, स्वास्थ्यलाई समेट्दै धरानमा दीर्घकालीनरुपमा खानेपानीका लागि सप्तकोशीको चतराबाट सरकारको लगानी हुनुपर्ने जिकीर समेत गरेका छन् । उनले किरात प्रदेशअन्तर्गत पूजातान्त्रिक योद्दा रामप्रसाद राईको नाममा प्रज्ञा प्रतिष्ठान स्थापना हुनुपर्ने, नेपालको राजनीतिक इतिहास र परिवर्तनमा प्रजातान्त्रिक योद्दा रामप्रसाद राईको नेतृत्वले १०४ वर्षे जहाँनिया राणा शासनकालमा विनारक्तपात भोजपुर कब्जा गरेको समेत प्रतिबद्धतामा उल्लेख गरेका छन् ।
उनले चुनाव चिह्न नेपाली ढाका टोपी लिएर भोट मागिरहेको बताए ।

 

प्रकाशित मिति: कार्तिक २० २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend