Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको के.के. स्कुलको खेलकुद

हाम्रो कोशी आवाज
कार्तिक २१ २०७९, सोमबार
धरानको के.के. स्कुलको खेलकुद

धरानः धरान-१५ स्थित के.के. इन्टरनेशनल स्कुलको ३ दिवसीय वार्षिक खेलकुद आइतबार धरान रङ्गशालामा शुरु भएको छ ।
दक्षिण एशियाली खेलकुदमा लगातार तीन पटकसम्म स्वर्ण पदक जितेर कीर्तिमानी कायम गरेका म्याराथुन धावक बैकुण्ठ मानन्धरले म्याराथुन टर्च बालेर कार्यक्रमको उदघाटन गरे ।
मङ्गलबारसम्म सञ्चालन हुने खेलकुदअन्तर्गत क्रमशः १ सय, ३ सय, ४ सय, ८ सय र १ हजार ५ सय मिटर म्याराथुन, सर्ट फुट, लङजम्प, बास्केटबल, फुटबल, कबडडीलगायतका खेलहरु गराइने स्कुलकी कोअर्डिनेटर संगीता कालिकोटेले जानकारी दिइन् ।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथी समेत रहेका धावक मानन्धरले खेलाडिहरुमा अनुशासन हुनुपर्नेमा जोड दिए । आजकल अनुशासन हराउँदै गएको बताउँदै मानन्धरले विद्यालयमा नैतिक शिक्षा हुनुपर्ने बताए । स्कुलका खेलाडी विद्यार्थीहरुलाई डाइरेक्टर प्रविन अग्रवालले सपथ ग्रहण गराए । स्कुलकी नेपाली शिक्षिका गोमा दाहालले विगत एक वर्षदेखि विद्यालयले गरेका विभिन्न गतिविधिहरु समेटेर वार्षिक प्रतिवेदन प्रस्तुत गरिन् ।
कार्यक्रममा स्कुलका निर्देशकद्वय खगेन्द्र खतिवडा, अशोककुमार अग्रवाल, भाइस–प्रिन्सिपल रविन सिएमलगायतको उपस्थिति थियो । प्रिन्सिपल डा.क्लारेन्स पिटरले स्वागत मन्तब्य राखे भने कार्यक्रमको सञ्चालन शिक्षिकाद्वय सर्मिला राई र प्रेरणा घिमिरेले गरे । वार्षिक खेलकुदको समापन मङ्गलबार हुने विद्यालयले जनाएको छ ।

 

प्रकाशित मिति: कार्तिक २१ २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend