Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा ललित-अम्बर डिपो कपको तयारी

हाम्रो कोशी आवाज
कार्तिक २४ २०७९, बिहिबार
धरानमा ललित-अम्बर डिपो कपको तयारी

धरानः ललित–अम्बर डिपो कपको १७ औं संस्करण मङ्सिर ९ गते शुक्रबारदेखि मङ्सिर १६ गतेसम्म आयोजना हुने भएको छ ।
कक्षा–५ सम्मका विद्यार्थी सहभागी हुने डिपो कपमा सुनसरीका १६ विद्यालयले सहभागिता जनाउनेछन् । कपका विजेताले १० हजार नगद रुपैयाँसहित रनिङ शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । दोस्रो पुरस्कार नगद ५ हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र, तेस्रो पुरस्कार नगद ३ हजार शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
डिपो कपसँगै दिलकुमार प्लेट च्याम्पियन कपसमेत सगै आयोजना हुँदै आएको छ । यसका बिजेताले ३ हजार नगदसहित रनिङ शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले भने नगद २ हजारसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।
डिपो कप ०६१ सालमा प्रथम पटक आयोजना गरिएको डिपो कप ०७६ सालसम्म १६ औं पटक आयोजना भएको थियो । कोरोना सङ्क्रमणका कारण २ वर्ष स्थगित भएको डिपो कप यो वर्ष १७ औं सस्करण आयोजना हुन लागेको हो ।
१७ औं ललित अम्बर डिपो कप तथा पहिलो चरणमा पराजित हुने विद्यालयका टिमबीचमा पहिलेदेखि नै सन्चालन हुँदै आएको दिलकुमार प्लेट च्याम्पियन कपसमेतसगै सन्चालन हुने संयोजक एएसपी विरेन्द्र विक्रम लिम्बूले जानकारी दिए ।
कक्षा ५ सम्मका बालबालिकाहरुभित्र लुकेर रहेका असीमित प्रतिभालाई खेलकुदमार्फत प्रस्फुटन गर्नु डिपो कपको उद्देश्य रहेको प्राचार्य राजकुमार राईले जानकारी दिए ।
उनका अनुसार प्रावीस्तरीय फुटबल प्रतियोगिता सन्चालन गरी धरान उपमहानगरभित्रका सस्थागत विद्यालयबीच आपसी सद्भाव कायम राख्ने डिपो स्कुलको उद्देश्य रहेको छ । विद्यालयले ४ लाख ३२ हजार ७ सय २९ रुपैयाँको सञ्चालन खर्च विनियोजन गरेको छ ।

प्रकाशित मिति: कार्तिक २४ २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend