Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

हेलिकोप्टरमा धरान झरे राजेन्द्र लिङ्देन

हाम्रो कोशी आवाज
कार्तिक २४ २०७९, बिहिबार
हेलिकोप्टरमा धरान झरे राजेन्द्र लिङ्देन

धरानः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन हेलिकोप्टरमार्फत् चुनावीसभाका लागि धरान आइपुगेका छन् ।
निकैबेरको पर्खाइपछि उनी साँझपख हेलिकोप्टरमार्फत् धरान रङ्गशालामा उत्रिएर चुनावीसभा भएको स्थान भानुचोक पुगेका थिए । सिन्धुपाल्चोक, गाईघाट, सिरहा, हेटौंडालगायतका स्थानमा चुनावी भाषण छाँटेर उनी धरान आइपुगेका हुन् । ‘धेरै ठाउँ भ्याउनुपर्ने भएकोले उहाँ साझपखमात्रै धरान आइपुग्नुभयो’, केन्द्रीय समन्वय विभागका सदस्य समेत रहेका धरान निवासी नेता लक्ष्मण बस्नेतले भने ।
प्रतिनिधिसभाका लागि सुनसरी क्षेत्र नं. १ बाट अशोक अविरल राई, प्रदेश क बाट उद्धव श्रेष्ठ, प्रदेश ख बाट अनिष ढकाल उम्मेदवार छन् ।
चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले नेताहरु नसुध्रिएकोले यसपटक खुसुक्क तरिकाले राप्रपामा भोट हान्न आग्रह गरे । आफ्नो चाहना, योजना र सपना पनि रहेको बताउँदै उनले आफूहरुले देशकै कुरा मात्रै गर्दै हिँडेको ठोकुवा गरे । उनले धरान र काठमाडौंले स्थानीय तहको निर्वाचनमा जनता कति ‘पावरफुल’ र जनताले चाहे के हुन्छ भन्ने कुरा देखाइदिएको पनि बताए ।
‘कांग्रेस र कम्युनिष्टकैमा हिँड्नुहोस्, खाजापानी पनि उनीहरुकै खाइदिनुहोस् केही छैन, भित्र त कसैले देख्दैन हान्नेबेलामा हलोमा हान्नुहोस्’, उनले थपे, ‘गन्नेबेलामा मात्रै ठूला दलले थाहा पाउनेगरी हर्क साम्पाङलाई जिताउनुभो, त्यसरी नै राप्रपालाई जिताउनुहोस् ।’ ठूला दलहरुले धरानमा अहिलेसम्म पानीसमेत खुवाउन नसकेकोमा आफू पनि चिन्तित रहेको उनले बताए ।
उनले कांग्रेस र कम्युनिष्टहरुले जनतालाई धेरै समय झुक्याएको तर अब जनता झुक्याउन नसक्ने समेत बताए । लिङ्देनले भ्रष्टाचार गर्ने पार्टी र भ्रष्टचारीहरुमाथि डोजर चलाउन मन लागेको समेत बताए । उनले आफू एक रुपैयाँ पनि भ्रष्टाचार नगर्ने प्रतिबद्धतामा अडिग रहेको र व्यवहारमा नै उतारेको समेत दावी गरे ।

यसअघि कार्यक्रममा नायिका मनिषा कोइराला र रेखा थापा पनि उपस्थित हुने भनिएपनि उपस्थित भएनन् ।

 

प्रकाशित मिति: कार्तिक २४ २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend