Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा केपी ओलीले फाले चुनावी कार्ड !

हाम्रो कोशी आवाज
कार्तिक २५ २०७९, शुक्रबार
धरानमा केपी ओलीले फाले चुनावी कार्ड !

धरानः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्षौदेखि काकाकुलको समस्या झेल्दै आएका धरानबासीलाई चुनावमा भोट खसाल्ने बेलामा कोशीको पानी धरान ल्याएर जसरी भएपनि खुवाउने भन्दै चुनावी कार्ड फालेका छन् ।
वर्षौदेखि दलहरुको चुनावी भाषण र प्रतिबद्धता मात्रै जनाउने तर पनि पानीको समस्या कहिल्यै पूरा नगर्ने गर्दा पानीको समस्या झेल्दै गरेका धरानबासीलाई कोशीको पानी पम्पिङ गरेर धरान ल्याएर खुवाउने ओलीको भनाइ थियो ।
धरानमा आयोजित नेकपा एमाले तथा जसपा नेपालको संयुक्त कार्यकर्ता भेलामा बोल्दै उनले जसरी पनि कोशीको पानी ल्याएर धरानबासीलाई खुवाउने बचन दिएर फर्किए । ‘यहाँका मेयरलाई खानेपानी ले, खानेपानी ले भनेर कतिवटा घैला बोकुन विचरा । कसको घरमा खानेपानी पुरयाउने ?’ उनले थपे, ‘उनले मंसिर ४ पछि आयोजना शुरू गरेर काम गर्नेछौं, त्यत्रो कोशी त्यहाँबाट बग्छ धरान काकाकुल हुने कसरी मिल्छ ?’
उनले धरानमा खानेपानी ल्याउन राष्ट्रिय बजेट र नेकपा एमालेको सरकार चाहिने बताए । ‘कोशीबाट पम्पिङ गरेर पानी ल्याएर एमालेले धरानवासीलाई खुवाउँछ, तपाईंहरू ढुक्क हुनुस्,’ ओलीले भने, ‘नगरको बजेटले त्यो आयोजना हुन्छ त, हुँदैन । तर म केही भन्दिनँ, छान्ने बेला आँखा देख्नुभएन ।’ उनले तमोरको पानी यासोकमा लगेर खुवाएको हुनाले यो सम्भव र पत्याउने कुरा रहेको पनि बताए । उनले तमोरको विशाल ट्याङ्की बनाएर अथवा टर्नेल गरेर ल्याउन सकिने पनि बताए । उनले त्यसको लागि सर्भे पनि गराउने बताए । चाहे डाँडो कटाएर होस्, चाहे डाँडो छेडेर होस्, जसरी भएपनि धरानलाई पानी पर्याप्त खुवाउँछौं ।’
उनले ‘ठाडो घाँटी लगाएर हुँ हुँ’ गर्ने स्यालहरूको संख्या बढेकोले कम्युनिष्ट विभाजित भएको र उनीहरुले एमाले नै कब्जा गर्न खोजेको समेत बताए । ‘एउटा स्याल कराएपछि अर्को स्याल नकराई नहुने’, उनले भने, ‘ स्यालहरूको जमातले एमालेलाई नै कब्जा गर्न लागेको थियो तर अझै एमाले कमजोर छैन, जनताको मन मनमा बसेको छ ।’
एमाले–जसपाको गठबन्धनबाट सुनसरी क्षेत्र नं. १ का लागि हाइ प्रोफाइलका नेता अशोककुमार राई प्रतिनिधिसभा सदस्य र रमेश बस्नेत प्रदेशसभा सदस्य (सुनसरी क तर्फ) र विजय राई (सुनसरी ख तर्फ) प्रदेशसभा सदस्यका लागि उम्मेदवार छन् ।
स्थानीय चुनावमा पनि चुनावी सभालाई सम्बोधन गर्न आइपुगेका पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले धरानका अन्य विकास निर्माणमा पनि जिताउन आग्रह गरे । उम्मेदवार अशोकबारे पनि ओलीले बोलेका थिए । उनी त्यतिबेला हाँसीमजाक पनि गरेका थिए । ओलीले एमाले एक्लो भयो भन्दै प्रचार गरेपछि जनता समाजवादी पार्टी र राप्रपासँग तालमेल गरेको समेत खुलाएका छन् । ‘कांग्रेस र माओवादीले एमाले एक्लै छ एक्लै छ भनेपछि त्यसो होइन भनेर देखाउनका निम्ति विदेशीको इशारामा नचल्ने पार्टीसँग हामीले तालमेल ग¥यौं,’ ओलीले भने ।
सत्ता गठबन्धनलाई उनले हुँडारको संज्ञा दिएका छन् । ‘गठबन्धनमा रहेका हुँडारहरूको जत्थाले चारतिरबाट सिध्याउन खोजे तर एमाले सिधिन्नेवाला छैन,’ ओलीले भने ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

 

 

प्रकाशित मिति: कार्तिक २५ २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend