Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

‘बसमा सरर लान्छु तिमीलाई घुमाउँदै धरान शहर’ सार्वजनिक

हाम्रो कोशी आवाज
कार्तिक २६ २०७९, शनिबार
‘बसमा सरर लान्छु तिमीलाई घुमाउँदै धरान शहर’ सार्वजनिक

धरान: प्रदेश न. १ को सुन्दर नगरी धरानको परिवेशलाई बर्णन गर्दै गाइएको गीत ” बसमा सरर लान्छु तिमीलाई घुमाउँदै धरान शहर” को म्युजिक भिडियो मिडिया कनेक्सन युटयुब च्यानल मार्फत सार्वजनिक गरिएको छ।
चर्चित गायिका मेलिना राई र गायक सक्थिम योङ्याको युगल आवाजमा रहेको लोक जुहारी गीतको शब्द विष्णु खजुम र संगीत गायक योङ्याको नै रहेको छ। मिडिया कनेक्सनका लागि प्रकाश आङ्गबुहाङ्गको निर्माण रहेको म्युजिक भिडियोको छायाँङ्कन धनकुटा जिल्लाको पर्यटकीय स्थल थुम्की, भेडेटारको पाथीभरा र भेडेटारको मुख्य बजार क्षेत्र, मोरङ जिल्ला र सुनसरी जिल्लाको खदम खोलाको पुल हुदै धरानको धोपा क्याम्प परिसरमा छायांकन गरिएको छ।
सार्वजनिक गीतको ऐरेन्ज, मिक्सिङ र मास्टरिङ चण्दु गोर्खालीले गरेका हुन् भने ओलवाइड काठमाडौ र हिमालय टोन हङकङमा रेकर्ड गरिएको हो। चर्चित मोडल रेखा लिम्बु, संगै योमन सोदेम्बा लिम्बु ,बादल चेम्जोङ , सुमन खेवासंगै गरिमा डान्स सेन्टरको कलाकारहरुको समेत अभिनय देख्न पाइने म्युजिक भिडियोको निर्देशन तथा छायाँकन देवजंग थापाको रहेको छ। म्युजिक भिडियो सार्वजनिक भएको थोरै दिनमा राम्रै भ्युज तथा कमेन्ट आएको देख्न सकिन्छ।

प्रकाशित मिति: कार्तिक २६ २०७९, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend