धरानः धरानमा चुनावको मुखमा अशोक राई सम्मिलित पार्टी जनता समाजवादी छोडेर युवा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
धरान–१५ स्थित साकेलामा पार्कमा वाईसीएल नेपाल सुनसरीको आयोजनामा भएको कार्यक्रममा जनता समाजवादी पार्टी युवा संघ धरानको अध्यक्ष दावा शेर्पाको नेतृत्वमा ७० जना युवाले पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको नगर अध्यक्ष मनोज भट्टराईले जानकारी दिए ।
केन्द्रीय सदस्य किरणकुमार राई, सदस्य मिङ्मा भोटे, वाईसीएलका सुनसरी जिल्ला अध्यक्ष नविन केसी लगायतका नेता, कार्यकर्ताले उनीहरुलाई अविर लगाउँदै स्वागत गरेका थिए । अहिले माओवादी केन्द्र र कांग्रेसको गठबन्धनबाट मुक्सामहाङ मेन्याङ्बो चुनावमा होमिएका छन् ।
