धरानः रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टी नेपाल परित्याग गरेका धरान १६ का सञ्जिव भट्टराईले एक प्रेस विज्ञप्ति जारी गरी प्रतिनिधि सभा सुनसरी क्षेत्र नं. १ का स्वतन्त्र उम्मेदवार मनोजकुमार मेया¨बोको चुनाव चिन्ह खरायोमा भोट हाल्न अपिल गरेका छन् ।
उनले विज्ञप्ति आफूले १२ वर्षको उमेरमै ०६२–०६३ को जनआन्दोलनदेखि नै राजनीतिमा होमिदै आएको र भ्रष्टाचार, बेथिति र कुशासनको अन्त्यका लागि लडिरहने प्रतिवद्धता ब्यक्त गरेका छन् । उनले सुनसरी क्षेत्र नं. १ मा भर्खरै धरान आएका उम्मेदवार खडा गरेको पनि जानकारी दिएका छन् ।
मुलुक अहिले निर्वाचनको महासंग्राममा रहेको र राजनीतिक दलका उम्मेदवारहरुप्रति जनता निराश र आक्रोशित बनेको कुरा जगजाहेर भएको भन्ने उल्लेख गर्दै विज्ञप्तिमा स्वतन्त्र नामको दुरुपयोग गरेर दल दर्ता गरेका लामिछानेको स्वतन्त्र पार्टीभित्र पनि चरम नातावाद, कृपावाद, आर्थिक अपारदर्शिता हावी भएको हुनाले सो पार्टीको प्रदेश कमिटी सभापति समेत त्याग गरेको बताएका छन् ।
उनले आफनो नेतृत्वमा प्रदेश सदस्य शिल्पा भट्टराई, जिल्ला अध्यक्ष प्रेमप्रसाद तिम्सिना, धरान उपमहानगरका राम कार्की र धरान नगर र वडाका सम्पूर्ण पदाधिकारीहरुले सो पार्टी परित्याग गरेको उल्लेख गरेका छन् । आफू पनि स्वतन्त्र अभियानको नेतृत्व गर्दै आएको हुनाले स्वतन्त्र उम्मेदवारले जित्नु पर्ने धारणा रहेको र स्वतन्त्रको विगविगीका बीच एउटा साझा उम्मेदवार उठाउने आफनो प्रयास असफल भएकोले ती मध्ये इतिहास, योग्यता, धरान र धराने जनताको विकासमा लागिपर्ने ब्यक्ति मनोजकुमार मेया¨बोको चुनाव चिन्ह खरायोमा मेरो नेतृत्वमा रहेको स्वतन्त्र पार्टी नेपालका सम्पूर्ण असन्तुष्ट नेता कार्यकर्ताहरु मतदान गर्ने निष्कर्षमा पुगेको उल्लेख गरेका छन् ।
