Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

भोलि धरानमा प्रचण्ड आउने

हाम्रो कोशी आवाज
कार्तिक २९ २०७९, मंगलबार
भोलि धरानमा प्रचण्ड आउने

धरानः धरानमा भोलि पुष्पकमल दाहाल प्रचण्ड आउने भएका छन् ।
लोकतान्त्रिक बम गठबन्धन धरानको चुनावी आमसभामा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सम्बोधन गर्ने निर्वाचन परिचालन मुलसमितिका संयोजक अशोक राईले जानकारी दिए ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रवक्ता प्रकाशशरण महत र केन्द्रीय सदस्य मीन विश्वकर्मा र नेकपा (एकीकृत समाजवादी) का पोलिट्ब्युरो सदस्य तथा प्रदेश १ उपाध्यक्ष धर्मराज निरौलाले सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
धरानको भानुचोकमा आयोजना हुने चुनाव सभामा अधिकांश कार्यकर्ताहरुको सहभागीता हुने निर्वाचन प्रचार समितिका संयोजक तथा नेपाली कांग्रेसका धरान नगर सभापति श्याम पोख्रेलले जानकारी दिए ।

प्रकाशित मिति: कार्तिक २९ २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend