Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा मतदान सकियो

हाम्रो कोशी आवाज
मंसिर ४ २०७९, आइतबार
धरानमा मतदान सकियो

धरानः अहिले सुनसरी क्षेत्र नं. १ को मतगणना सकिएको छ ।
करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ । धरान उपमहानगरपालिकामा भन्दा बराहक्षेत्र, रामधुनी नगरपालिकामा बढी मत खसेको प्रारम्भिक अनुमान गरिएको छ ।
अहिले मतगणना सकिएको छ । धरान, बराहक्षेत्र, रामधुनी नगरपालिकाका विभिन्न ठाउँबाट मत पेटिका संकलन कार्य धमाधम भइरहेको प्रमुख निर्वाचन अधिकृत रुद्रप्रसाद अर्यालले जानकारी दिए ।
उनका अनुसार यी क्षेत्रबाट करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ । मत पेटिका संकलन भइसकेपछि सर्वदलीय बैठक बसेर आइतबारदेखि (आजै) मतगणना गर्ने तयारी थालिएको उनले जानकारी दिए ।
शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको छ । धरान–१ मा तर्साउनका लागि नक्कली बम राखिएको पाइएको थियो । सो बम नेपाली सेनाले डिस्पोज समेत गरेको छ ।
धरान–१ सिंहदेवी चोकमा नक्कली बम फेला परेको नेपाली सेनाका गणपति अर्जुन दुलालले जानकारी दिएका छन् । सो सामग्री डिस्पोज गर्दा पड्किएको थियो र तर्साउनका लागि नक्कली बम राखिएको हुनसक्ने उनले जानकारी दिए । निर्वाचन भइरहेको बेला करिब ४ बजेतिर सो बम फेला परेको हो ।

 

प्रकाशित मिति: मंसिर ४ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend