धरानः सुनसरी क्षेत्र नम्बर १ को (क) बाट प्रदेशसभा सदस्यमा एमालेका रमेश बस्नेत विजयी भएका छन् । उनले कांग्रेस प्रदेश महामन्त्री उमेश थापालाई पराजित गर्दै विजयी भएका हुन् ।
थापा बस्नेतका नाताले ज्वाइँ पर्छन् । निर्वाचित सांसद बस्नेतले ११ हजार १०२ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी थापाले ९ हजार ७५२ मत प्राप्त गरे । कांग्रेसका थापा माओवादी केन्द्र, नेकपा एससँग गठबन्धनबाट चुनाव लडेका थिए भने भने विजयी बस्नेत जसपासँगको गठबन्धनबाट चुनाव लडेका थिए । यस क्षेत्रमा प्रदेशसभातर्फ ३९ हजार ७१३ मत खसेकोमा ३७ हजार ९४२ मत सदर भएको थियो ।
स्थायी शिक्षकको जागिरबाट २०४८ सालमा राजीनामा दिएर बस्नेत पार्टीको पूर्णकालीन राजनीतिमा लागेका थिए । २०४९ सालमा साविक पाँचकन्या गाविसको अध्यक्षमा नेकपा एमालेको तर्फबाट बस्नेत निर्वाचित भएका थिए । दोस्रो कार्यकालमा पनि उनी भारी मतकासाथ गाविस अध्यक्षमा विजयी भएका थिए ।