धरानः धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले नवनिर्वाचित प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यहरुलाई बधाई दिएका छन् ।
सुनसरी क्षेत्र नं. १ बाट विजयी बनेका जनता समाजवादी पार्टीका अशोककुमार राई र प्रदेशसभा (क र ख) तर्फ विजयी बनेका रमेश बस्नेत र विजय राईलाई बधाई दिएका हुन् । उनले धरानको विकासमा पहल गर्न सुझाव समेत दिएका छन् ।
‘बधाई छ वहाँहरुलाई जनताले चुन्न जानेनन् भन्दिन म चाहिँ अब धरानको विकासमा पहल गर्नु। मेरा योजनाहरुलाई पूरा गर्न पहल गर्नु । जय धरान । जय नेपाल ।’ उनले फेसबुकमा लेखेका छन् ।
१७ हजार ५९ मत ल्याउँदै अशोक विजयी बनेका छन् भने रमेशले ११ हजार १०२ मत र विजयले १२ हजार ४६४ मत पाएका छन् ।