Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

उषा राईको पक्षमा उत्रिए धराने

हाम्रो कोशी आवाज
मंसिर १७ २०७९, शनिबार
उषा राईको पक्षमा उत्रिए धराने

धरानः धरान–१३ मा डेरा गरी बस्ने उषा राईमाथि कुटपिटमा संलग्नलाई सार्वजनिक गरिनुपर्ने र सार्वजनिकपछि कडा कारवाहीको माग गर्दै धरानस्थित भानुचोकमा बृहत प्रदर्शन भएको छ ।
सचेत धराने समूहले त्यहाँ शान्तिपूर्ण प्रदर्शन गरेको छ । समूहका सचिव राम लिम्बूले मृतकलाई न्याय दिनुपर्ने, दोषीलाई सार्वजनिक गर्दै कडाभन्दा कडा कारवाहीको माग गर्दै शान्तिपूर्ण प्रदर्शन कार्यक्रम आयोजना गरिएको बताए ।
यसैबीच प्रहरीले उषामाथि कुटपिटमा संलग्नताको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान–१३ का उर्मिला राई, सुशेली राई र सुमित्रा राई रहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठले जानकारी दिए । उनीहरुमाथि आइतबार म्याद थप गरेर आइतबार नै सार्वजनिक गर्ने तयारी थालिएको उनले जानकारी दिए ।
धरान १३ मा डेरा गरी बस्ने उषामाथि कुटपिट भएको एक महिनापछि मृत्यु भएको थियो । आन्दोलनरत महिलाहरुको अडानको कारण मृतकको पोष्टमार्टम शनिबार पनि भएको थिएन ।
आफ्नो श्रीमानसँग नजिकिएको भन्दै आफन्त र केही महिलाहरुसहित गएर कार्तिक ३ गते उषा राईलाई कुटपिट गरेका थिए । कुटपिटपछि एकखाले सहमति पनि भएको तर विभिन्न केमिकल मिसिएको झोल पदार्थ उषालाई पिलाएको र उनको स्वास्थ्य अवस्था गम्भीर बनेपछि धरानस्थित बीपी प्रतिष्ठानमा थप उपचारका लागि लगिएको थियो । दुई छोरीको साथमा कपडा सिलाएर जीविकोपार्जन गर्दै आएकी उषाको श्रीमानको पनि मृत्यु भइसकेको जनाइएको छ । अहिले उषाकी दुई छोरीको पनि विचल्नी भएको छ ।

प्रकाशित मिति: मंसिर १७ २०७९, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend