Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

उषा राईमाथि कुटपिटमा संलग्न सार्वजनिक

हाम्रो कोशी आवाज
मंसिर २० २०७९, मंगलबार
उषा राईमाथि कुटपिटमा संलग्न सार्वजनिक

धरानः धरान-१३ की ४२ वर्षीया महिला उषा राईको हत्यामा संलग्न चारजनालार्ई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ परेका चारैजनालाई मंगलबार इलाका प्रहरी कार्यालय धरानले पत्रकार सम्मेलन गरेर सार्वजनिकसमेत गरेको हो । मृतकका भाई सुन्दर राईले किटानी जाहेरी दिएको आधारमा उनीहरुलाई पक्राउ गरिएको डिएसपी बुद्ध श्रेष्ठले जानकारी दिए ।
पक्राउ पर्नेमा घटनाका मुख्य आरोपी धरान–१३ सूर्य मार्गकी ५५ वर्षीया उर्मिला राई रहेकी छिन् । उनलाई मंसिर १५ गते पक्राउ गरिएको र १० दिनको म्याद थप गरिएको डिएसपी श्रेष्ठले जानकारी दिए । यस्तै, मंसिर १६ गते २६ वर्षीया सुमित्रा राई र धरान–१७ की २९ वर्षीया सुसेली राईलाई पक्राउ गरेर अदालतबाट ९ दिनको म्याद थप भएको प्रहरीले जनाएको छ । यसैगरी, ४० वर्षीया रत्ना लिम्बू सुब्बालाई मंसिर १८ गते पक्राउ गरेर ७ दिनको म्याद थप गरिएको पनि डिएसपी श्रेष्ठले बताए ।
घटनामा सिर्जना राई, मिना राई र निरकुमारी गुरुङको पनि संलग्नता भएको भन्दै जाहेरी परेकोले उनीहहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । मिना राई भने को हुन् भन्ने खुल्न नसकेको पनि डिएसपी श्रेष्ठले बताए ।
हत्यामा संलग्न मुख्य अभियुक्त उर्मिलाले आफना श्रीमान् गोविन्द राईसँग उषाको सम्बन्ध रहेको भन्दै स्थानीय जनजागृती आमा समुहका सदस्यहरूलाई बोलाएर कुटपिट गर्दा उषा गम्भिर घाइते भएकी थिइन् । उनको उपचारका क्रममा मंसिर १३ गते मृत्यु भएको थियो । इलाका प्रहरी कार्यालय धरानका डीएसपी श्रेष्ठ अनुसार अभियुक्तहरूको पहिचान भइसकेकाले पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ । उषाकी छोरी स्मृति राईले आमाको हत्यामा संलग्न सबैलाई पक्राउ गरी कडा कारबाही गर्न माग गरेकी छिन् ।

प्रकाशित मिति: मंसिर २० २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend