Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बास्केटबलमा धरान मेघा फाइनलमा

हाम्रो कोशी आवाज
मंसिर २३ २०७९, शुक्रबार
बास्केटबलमा धरान मेघा फाइनलमा

धरानः हिसान सुनसरीको आयोजनामा आयोजित हिसान बास्केटबलमा धरान मेघा–हिमालयन कलेजका छात्रछात्रा दुवै टिम फाइनलमा प्रवेश गरेका छन् ।
मेघासँगै छात्रतर्फ एम्स एकेडेमी र छात्रातर्फ धरान उच्च मावि फाइनलमा प्रवेश गरेका हुन् । शुक्रबार भएको सेमिफाइनल खेलमा छात्रतर्फ धरान मेघाले लोटस स्कुललाई ३६–१८ र एम्स एकेडेमीले धरान आदर्शलाई ३८–३२ अंकको अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेका थिए । यसैगरी छात्रातर्फ धरान मेघाले जेनिथ होलिल्याण्डलाई १२–६ र धरान उच्चले सियोन स्कुललाई २८–१० अंकको अन्तरले पराजित गर्दैै फाइनल यात्रा गरेका हुन् ।
क्वाटर फाइनलमा छात्रतर्फ एम्सले विष्णु मेमोरियललाई ४२–३०, छात्रातर्फ धरान उच्चले विष्णुलाई नै ९–५ र मेघा कलेजले धरान आदर्शलाई १८–५ अंकको अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेका थिए ।
शुक्रबार भएको खेलमा छात्रातर्फ धरान मेघा कलेजका सम्झना राईले क्वाटर फाइनल र सेमीफाइनल खेलमा, धरान उच्चका सन्ध्या राई, इक्सा लावती म्यान अफ द म्याच घोषित भए । छात्रतर्फको खेलमा एम्स एकेडेमीका सिमोन राई र सितम लिम्बू र धरान मेघा कलेजका योगेश राई म्यान अफ द म्याच घोषित भए । उनीहरुलाई हिसान बास्केटवलका संयोजक अर्जुन घिमिरे, हिसान स्पोर्टस मिटका संयोजक हेमन्त भण्डारी र धरान मेघा हिमालयन कलेजका अध्यक्ष कैलाश लिम्बूले मेडल प्रदान गरेका थिए ।
फाइनल खेल शनिबार बिहान ७ बजे छात्रातर्फ धरान मेघा र धरान उच्च मावि र साढे ८ बजे छात्रतर्फ धरान मेघा र एम्स एकेडेमीबीच फाइनल खेल हुनेछ । धरान बास्केटबल संघको प्राविधिक सहयोगमा सम्पन्न प्रतियोगिताको सम्पूर्ण खेल धरान मेघा हिमालयन कलेजको बास्केटबल कोर्टमा भइरहेको छ ।

प्रकाशित मिति: मंसिर २३ २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend