Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

हाम्रो कोशी आवाज डटकमका फोटो सम्पादक सम्मानित

हाम्रो कोशी आवाज
मंसिर २४ २०७९, शनिबार
हाम्रो कोशी आवाज डटकमका फोटो सम्पादक सम्मानित

धरानः हाम्रो कोशी आवाज डटकमका फोटो सम्पादक लक्ष्मण थापा सम्मानित भएका छन् ।
उनलाई सम्मान–पत्रसँगै २० हजार रुपैयाँको पुरस्कार राशी प्रदान गरिएको थियो । नेपाली कांग्रेस सुनसरीका संस्थापक सचिव तथा सुनसरी धरानका अग्रज पत्रकार गिरिराज आचार्यको सम्मानमा स्थापना गरिएको ‘श्री गिरिराज आचार्य सृजनशील पत्रकारिता पुरस्कार’ बाट उनी सम्मानित भएका हुन् । नेपाली कांग्रेस र नेपाल प्रेस युनियन धरान उपमहानगर समितिको सहकार्यमा शनिबार एक कार्यक्रमका बीच यसवर्षको सो पुरस्कार उनलाई प्रदान गरिएको हो ।
विभिन्न पत्रपत्रिकामा यसअघि आवद्ध हुँदै स्थापनाकालदेखि नै हाम्रो कोशी आवाज डटकमको फोटो सम्पादक रहेका उनलाई प्रमुख अतिथि कांग्रेस प्रदेश १ का महामन्त्री उमेश थापाले उनलाई पुरस्कार प्रदान गरेका थिए । ५१ वर्षीय पत्रकार थापाले २०५७ साल देखि फोटो पत्रकारितामा प्रवेश गरेका थिए ।
नेपाली कांग्रेस र नेपाल प्रेस युनियनको सहकार्यमा प्रत्येक वर्ष पुरस्कार प्रदान गर्न काँग्रेसका धरान उपमहानगर सभापति तथा पूर्व मेयर तिलक राईले उपमहानगरपालिकाबाट नगर प्रमुख हुँदा समयमा प्राप्त भएको सेवा सुविधा भत्ताको रकमबाट कुल २ लाख रुपैयाँ प्रदान गरी सो अक्षयकोष स्थापना गरेका हुन् । सोही अक्षयकोषको रकमबाट सो सम्मान गरिएको आयोजक प्रेस युनियन धरान नगर समितिले जनाएको छ ।
कार्यक्रममा धरान उपमहानगरपालिकाका पूर्व मेयर तिलक राई, कँंग्रेस सुनसरीका सचिव सुजेन्द्र गोले तामाङ, काँग्रेस धरानका सभापति श्याम पोख्रेल र अग्रज पत्रकार हर्ष सुब्बा, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भीषण राई, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईलगायतको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा अधिकांश वक्ताहरुले पूर्व मेयर राईले अग्रज पत्रकार तथा नेपाली कांग्रेस सुनसरीका संस्थापक सचिव गिरिराज आचार्यको योगदानको कदर गर्दै उनको सम्मानमा पत्रकारिता पुरस्कार खडा गरिएको बताएका थिए ।

प्रकाशित मिति: मंसिर २४ २०७९, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend