धरानः धरान–१२ स्थित सुनाखरी एकेडेमीले विद्यार्थीलाई सम्मान गरेको छ ।
ब्याडमिन्टन खेलमा सधैंजसो जितिरहने र स्कुलको नाम उच्च राख्न सफल रोदन राईलाई सम्मान गरेको हो । यस्तै, टेबलटेनिसमा प्रथम बन्न सफल श्रेया शाक्यलाई पनि सम्मान गरिएको छ । रोदनले हिसान स्पोट्स मिट २०७९ मा ब्याटमिन्टनतर्फ प्रथम स्थान हासिल गर्न सफल बनेका थिए भने श्रेयाले टेबलटेनिसतर्फ प्रथम बन्न सफल भएकी थिइन् ।
स्कुल प्राङ्गणमा अधिकांश विद्यार्थीको उपस्थितिमा उनीहरुलाई सम्मान गरिएको थियो । डाइरेक्टर प्रदीप राई, प्रिन्सिपल मिलनकुमार राई, प्लस टु कोअर्डिनेटर तपकुमार राईलगायत शिक्षकशिक्षिकाहरुले उनीहरुलाई सम्मान गरेका थिए ।
रोदनले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा समेत खेलकुद विधामा सधैंजसो जितिरहने गरेको प्रिन्सिपल राईले जानकारी दिए । ‘हालसम्म रोदनले जुन ठाउँमा आयोजित प्रतियोगितामा भाग लिए हारेका छैनन्’, उनले भने ।
रोदनले हालसम्म ७ ठाउँमा भएका यस्ता प्रतियोगितामा जित्दै आएको बताए । अन्डर १७ मा विशेषतः आफूले जित्दै आएको उनले जानकारी दिए । उनका अनुसार पोखरामा आयोजित अल नेपाल खेलकुद प्रतियोगितामा पनि आफूले भाग लिएको र त्यहाँ पनि जीत हात पार्न सफल बनेको जानकारी दिए ।




















