धरानः धरानमा स्कुटी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
धरान–९ आचार्य लाइनस्थित भित्री सडक खण्डमा सडक खण्डमा को३२प ८२३७ नम्बरको स्कुटी आफैं अनियन्त्रित भई दुर्घटना हुन पुगेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा स्कुटी चालक धरान–१९ बस्ने वर्ष ४३ को वीरेन्द्र लिम्बूको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका प्रमुख (प्रहरी निरीक्षक) श्यामकुमार बस्नेतले जानकारी दिए ।
लिम्बूको अनुहार र हातखुट्टामा चोट लागेर घाइते भई उपचारको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो । बोल्न नसक्ने गम्भीर अवस्थामा उपचाररत लिम्बूको साढे तीन बजे नै मृत्यु भएको प्रहरीले जनाएको छ । मापसे गरी स्कुटी चलाएको पाइएको प्रहरीले जनाएको छ । दुर्घटना बिहीबार दिउँसो करिब तीन बजे भएको हो ।