Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मेयर साम्पाङले दिए रविलाई बधाई

हाम्रो कोशी आवाज
पुष ११ २०७९, सोमबार
मेयर साम्पाङले दिए रविलाई बधाई

धरानः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृहमन्त्री भएकोमा धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईले खुसी हुँदै बधाई ज्ञापन गरेका छन् ।
रविले गृहमन्त्रालयमा जिम्मेवारी सम्हालेलगत्तै हर्कले फेसबुकमा लेखेका छन्, ‘रवि लामिछाने गृहमन्त्री बन्नुभएकोमा खुसी लाग्यो है, अब केही तह लाग्छन् होला ।’
उनले फेरि स्टाटस लेख्दै यसो पनि भनेका छन्– हार्दिक बधाइ दिन चाहन्छु माननीय गृहमन्त्री ज्यूलाई गुण्डाको राज खत्तम बनाउनुपर्छ अब ।
नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पदभार ग्रहण गरिसकेका छन् । साम्पाङको शैलीलाई पछ्याउँदै चितवनमा जनश्रमदानबाट पानी ल्याएका रविले धरान आउँदा पनि साम्पाङकै शैलीमा काम गर्छु भन्दै आएका थिए । सुनसरी क्षेत्र नं. १ को प्रतिनिधिसभाको चुनावमा पनि रविकै पार्टीबाट उठेकी सरिन तामाङले धरानमा चुनाव जितेकी थिइन् भने बराहक्षेत्र तरेपछि उनले चुनाव हार्नुपरेको थियो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा रवि उपप्रधानमन्त्री तथा गृहमन्त्री बनेका हुन् । उपप्रधानमन्त्री तथा गृहमन्त्री रविले आफूहरुले मन्त्रिपरिषदमा पनि प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् । उनले यो कुरामा सबै शीर्ष नेतालाई प्रतिवद्ध बनाएर मात्र आफू सरकारमा सहभागी भएको दावी गरे ।

प्रकाशित मिति: पुष ११ २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend