Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अन्ततः धरानले पोखरालाई जित्यो

हाम्रो कोशी आवाज
पुष १४ २०७९, बिहिबार
अन्ततः धरानले पोखरालाई जित्यो

धरानः धरान फुटबल क्लबले २२ औं संस्करणको आहा–रारा पोखरा गोल्डकपमा विजयी सुरुआत गरेको छ । आयोजक सहारा फुटबल क्लबलाई हराउँदै धरान फुटबल क्लब आहा रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । धरानले सहारालाई १–० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो ।
प्रकाश बुढाथोकी खेलको पाँचौं मिनेटमै फ्रिकिकमार्फत् गोल गर्न सफल बनेका थिए । धरानले अब शनिबार साविक विजेता एपीएफ फुटबल क्लबको सामना गर्नेछ ।
खेलको चौथो मिनेटमा सहाराका भगवत चौधरीले प्रकाश बुढाथोकीलाई लडाएपछि पाएको फ्रिकिकलाई प्रकाशले नै पोष्टको दिशा दिएका हुन् । खेलको १० औं मिनेटमा सहाराले बराबरी गर्ने मौका खेर फाल्यो । विक्रम सिंह ठकुरीले हेडर प्रहार पोष्टको नतिजबाट बाहिरिदा साराले बराबरीको अवसर गुमायो। खेलको दोस्रो हाफमा सहाराले गोल गर्ने अवसर पाएपनि त्यसलाई सुदपयोग गर्न सकेन ।
आयोजक सहारा क्लबले दोस्रो हाफको अन्त्यतिरका केही राम्रा प्रहार गोलमा परिणत हुन नसक्दा पहिलो खेलबाटै बिदा लिनुपरेको हो ।
धरानका लागि क्याराभानसहित १५ औं पटकको सहभागिता हो । १६ औं संस्करणमा मात्र उसको लागि सेमिफाइनल अनुभव छ । त्यसबेला धरान नेपाल पुलिससँग १–० को हार बेहोरेको थियो । आयोजक सहाराको निम्ति १२ औं संस्करणको मात्र जीतको अनुभव छ ।
२३ पुससम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल एपिएफ क्लब, मनाङ मस्र्याङ्दी क्लब, नेपाल प्रहरी फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, मछिन्द्र फुटबल क्लब, संकटा क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, अमेरिकाको भुटानीज युथ स्पोर्टस् क्लब मिनिसोटा, धरान फुटबल क्लब र आयोजकको टिम छन् । गत वर्षको विजेता एपिएफ क्लब हो भने उपविजेता मनाङ मस्र्याङ्दी क्लब हो ।
आयोजकले यसपालि पुरस्कार राशिमा वृद्धि गरेको छ । प्रथम पुरस्कारमा २ लाख थप गरी १२ लाख र द्वितीय पुरस्कारमा १ लाख थप गरी ६ लाख कायम गरिएको क्लब महासचिव रामजीप्रसाद अधिकारीले बताए ।

प्रकाशित मिति: पुष १४ २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend