Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा गल्फ बिजेतालाई उपाधि

हाम्रो कोशी आवाज
पुष १६ २०७९, शनिबार
धरानमा गल्फ बिजेतालाई उपाधि

धरानः धरानमा इष्टर्न ओपन गल्फ बिजेतालाई शुक्रबार उपाधि प्रदान गरिएको छ ।
नेपाल प्रोफेसनल गल्र्फ एशोशियशनको आयोजना र सूर्य नेपाल प्राईभेट लिमिटेडको प्रायोजनामा सूर्य नेपाल गल्फ टुरअन्तर्गत बीपी प्रतिष्ठानस्थित निर्वाणा कन्ट्री क्लबको खेल मैदानमा भएको खेल इभेन्ट तीनदिने इष्टर्न ओपन बिहीबार सकिएपछि शुक्रबार एकदिने प्रो एम स्पर्धा भएको थियो ।
प्रतिस्पर्र्धामा भाग लिन पूर्वमन्त्री कर्ण थापासहितको टिम पनि धरान आएका थिए । थापासहित व्यवसायिक खेलाडी शुक्रबहादुर राईको टिम प्रो एम बिजेता भएको छ । पार ७० को गल्फ कोर्षमा शुक्रबार आयोजित स्पर्धामा कुल १७१ स्कोरका साथ शुक्रको टिम बिजेता भएको हो ।
नेपालकै नम्बर वान गल्फर शुक्रले ४० स्कोर खेलेका थिए भने उनको टिमका एमेच्योर खेलाडीहरु काजी ताप्मादेनले ४७, पुर्वमन्त्री कर्णबहादुर थापाले ४३ र कवि थापाले ४१ स्कोर खेलेका थिए । त्यसैगरी व्यावसायिक खेलाडी हाल जर्मन रहेका सबिन सापकोटाको टिम १५३ स्कोरका साथ दोस्रो भएको छ भने सापकोटाले ३७ स्कोर गरेका छन ।
उनको टिमका एमेच्योर खेलाडीहरु अर्जुन सुनुवारले ३९, नेपाल प्रहरिका एसएसपी भीम दाहालले ३९ र गजेन्द्र लिम्बूले ३८ स्कोर गरेका थिए ।त्यसैगरि व्यावसायिक खेलाडी सञ्जय लामाको टिम १५१ स्कोरका साथ तेस्रो भएका छन् । सञ्जयले ३७ स्कोर खेल्दा उनको टिमका एमेच्योर खेलाडीहरु सुदेस प्याकुरेलले ३८, भरत तामाङले ३८ र रविन राईले ३८ स्कोर गरेका छन् । स्पर्धाका ३८ स्कोर खेलेकी सुमित्रा लिम्बूले महिलातर्फको वेष्ट स्कोर पुरस्कार समेत पाइन् भने प्रतियोगिताको लङगेष्ट ड्राइभको पुरस्कार बडी राईले, क्लोजेष्ट टु दि पिनको पुरस्कार राजेश राईले पाएका छन् ।
प्रतियोगितामा नम्बर वान गल्फर शुक्रबहादुर राईले धरानको गल्फ कोर्षमा १७ अण्डरको रेकर्ड बनाउँदै च्याम्पियन बनेका छन् भने उनले नगद १ लाख ४० हजार पुरस्कार समेत प्राप्त गरे । बिजेता खेलाडीहरुलाई आयोजक नेपाल प्रोफेसनल गल्फर्स एशोशियशनका अध्यक्ष रविन्द्रमान श्रेष्ठ, धरान गल्फ क्लब कार्य समितिका सदस्य जग मोहन लगायतले पुरस्कार वितरण गरेका थिए ।
तस्वीरः लक्ष्मण थापा

प्रकाशित मिति: पुष १६ २०७९, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend