Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा ७५ जना विद्यार्थीलाई स्वीटर प्रदान

हाम्रो कोशी आवाज
पुष २४ २०७९, आइतबार
धरानमा ७५ जना विद्यार्थीलाई स्वीटर प्रदान

धरानः धरान–८ स्थित शहिद स्मृति माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई वितरण गरिएको छ ।
नैन जानुका विष्ट प्रतिष्ठानले ७५ थान न्यानो कपडा (स्वीटर) वितरण गरेको थियो । विद्यालयका विद्यार्थीहरुका लागि विष्ट परिवारको कोषको ब्याजमध्येबाट सो सहयोग गरिएको कोषका सचिव तथा विद्यालयका प्रधानाध्यापक राम विष्टले जानकारी दिएका छन् ।
उनले शिक्षा र सामाजिक क्षेत्रका केही न केही सहयोग गर्दै आएको परिवारले यसपटक भने जाडोका लागि स्वीटर वितरण गर्ने निर्णय भएबमोजिम गरीएको बताए ।
कार्यक्रममा कक्षा नर्सरीदेखि कक्षा ५ सम्मका ७५ जना नयाँ विद्यार्थीहरुलाई स्वीटर वितरण गरिएको विद्यालयका प्रधानाध्यापक विष्टले जानकारी दिएका छन् ।
विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष चन्द्रबहादुर श्रेष्ठको सभापतित्वमा भएको सो कपडा वितरण कार्यक्रममा विष्ट प्रतिष्ठानका अध्यक्ष भक्तबहादुर विष्ट, दिलबहादुर विष्ट, वडा नं. ८ कै जनप्रतिनिधिद्वय देवीप्रसाद पोख्रेल, देवी लामाको समेत उपस्थिति रहेको थियो भने कार्यक्रम सञ्चालन विद्यालयका शिक्षक राजन बमले गरेका थिए ।
तस्वीरः लक्ष्मण थापा

प्रकाशित मिति: पुष २४ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend