Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको सैनिक महाविद्यालयद्वारा प्रभातफेरी

हाम्रो कोशी आवाज
पुष २७ २०७९, बुधबार
धरानको सैनिक महाविद्यालयद्वारा प्रभातफेरी
धरानः राष्ट्रिय एकता दिवस र ३०१ औं पृथ्वी जयन्तीको अवसरमा धरान-१३ स्थित सैनिक आवासीय महाविद्यालयले प्रभातफेरी आयोजना गरेको छ ।
बडामहाराज पृथ्वीनारायण शाहको स्मृतिमा महाविद्यालयले विद्यार्थीको र्यालीसहित धरान नगरपरिक्रमा गरेको हो ।
पृथ्वीनारायण शाहको पूर्णकदको तस्बिर अगाडि राखेर नेपाली सेनाको बाजागाजासहितको टोलीले नगर परिक्रमा गर्यो । सो सन्दर्भमा महाविद्यालया अध्ययनरत विद्यार्थी विभिन्न जातीय तथा सास्कृतिक भेषभूषामा सुसज्जित थिए । विद्यार्थीले पृथ्वीनारायण शाहका महावाणी लेखिएका प्लेकार्डहरु प्रदर्शन गरेका थिए ।
विद्यार्थीले ‘नेपाल दुई ढुंगाबीचको तरुल हो’, ‘जाई कटक नगर्नू, झिकी कटक गर्नू’, ‘विविधतामा एकता आजको आवश्यकता’, ‘घुस लिन्या र दिन्या दुबै राष्ट्रका शत्रु हुन्’ लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । यसपछि मेयर धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईसहितको टोली धनकुटाको साँगुरीगढीसम्म पदयात्रा आयोजना भएको थियो ।
पदयात्रा आयोजक भीमदल गण धनकुटाका गणपति एवं सेनानी सुमन थापाले राष्ट्रिय एकताको भावना जगाउन तथा ऐतिहासिक कुराहरुलाई संर्वद्धन र जर्गेना गर्ने उद्देश्यले आयोजना गरिएको बताए । सरकारले पृथ्वी जयन्तीका अवसरमा सार्वजनिक बिदा दिएको छ ।

प्रकाशित मिति: पुष २७ २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend