धरानः धरान–१७ निवासी बीपी प्रतिष्ठानअगाडि टाइम फार्मेसी सञ्चालन गर्दै आएका धरान एन्फा एकेडेमीका पूर्व फुटबल खेलाडी दीपेशजंग कटुवालले जर्सी प्रदान गरेका छन् ।
धरान–१० को कार्यालयमा पुगी वडाध्यक्ष विवेक राई, वडा सदस्यद्वय करुणा बर्देवा र कृष्णकुमार राईलाई २३ थान जर्सी हस्तान्तरण गरेका छन् ।
फार्मेसी सञ्चालक एवं पूर्व फुटबल खेलाडीसमेत रहेका कटुवालले आफूले खेलाडीहरुलाई प्रोत्साहन र हौसलाको निमित्त बेला बखत खेल सामग्री हस्तान्तरण, खेलाडीलाई नगद पुरस्कार दिँदै आएको बताए । उनले खेलाडीहरु आफूले ब्यवसायबाट कमाएको रकमबाट खेलाडीहरुलाई सम्मान गर्न पाउँदा आफ्नै सम्मानित भएको महसुस हुने समेत बताए । तस्वीरः लक्ष्मण थापा